सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका सात पालिकामध्ये कार्यसम्पादन मूल्याङ्कनमा राप्ती पहिलो, रत्ननगर अन्तिम


  •    न्युजभित्तो/२३ फाल्गुन २०७८, सोमबार १७:५७ 
  • चितवन, फागुन २३ । चितवनको स्थानीय तहहरु मध्ये कार्यसम्पादन मूल्याङ्कनमा राप्ती नगरपालिका पहिलो भएको छ भने रत्ननगर नगरपालिका अन्तिम बनेको छ । राष्ट्रिय प्राकृतिक तथा बित्त आयोगले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार चितवनका सात पालिका मध्ये राप्ती प्रथम र रत्ननगर अन्तिम बनेका हुन् ।

    प्रतिशतको आधारमा राप्ती नगरपालिकाले ६६.२८ अंक ल्याएर पहिलो, कालिका नगरपालिका ५८.२८ अंक ल्याएर दोस्रो, खैरहनी नगरपालिका ५६.३७ अंक ल्याएर तेस्रो, माडी नगरपालिका ५५.८८ अंक ल्याएर चौथो, इच्छाकामना गाउँपालिका ५४.७३ अंक ल्याएर पाचौं , भरतपुर महानगरपालिका ५१.०८ अंक ल्याएर छैठौं र रत्ननगर नगरपालिका ४८.०९ अंक ल्याएर सातौं भएका छन् ।

    नगरपालिकामा रहेका विद्यार्थी संख्या, अनुमानित गर्भवती महिला, चारपटक गर्भ जाँच गरे वा नगरेको, संस्थागत प्रसुति संख्या, पूर्ण खोप लगाएका बालबालिकाका संख्या लगायतलाई आधार बनाइएर मूल्यांकन गरिन्छ ।

    सो मूल्याङ्कन गर्न स्थानीय तहका लागि १७ सूचक तय गरिएको थियो । पालिकाले समयमै बजेट पेस गरे/नगरेको, असार मसान्तभित्र बजेट पास गरे/नगरेको, स्थानीय तहले करबापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम सञ्चित कोषमा जम्मा गरे/नगरेको, आउँदो आर्थिक वर्षको लागि आय/व्ययको प्रक्षेपण गरिएको तथ्याङ्कसहितको विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे/नगरेको, बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी हरेक वर्षको कात्तिक मसान्तभित्र सार्वजनिक गरे नगरेको लगायतका विषयमा मूल्याङ्कन गरिन्छ ।

    त्यसैगरी रत्ननगर नगरपालिकाले स्थानीय तहले आगामी आर्थिक वर्षको लागि आयव्ययको प्रक्षेपण गरिएको तथ्यांकसहितको विवरण चालु आर्थिक वर्षको पुस मसान्तभित्र पेस नगरेको पाइएको छ । उसले हरेक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजश्व र व्ययको अनुमान सम्बन्धित नगरसभामा पेस नगरेको पनि देखिएको छ । रत्ननगर नगरपालिकाले आर्थिक मसान्तमा बजेटको वार्षिक समीक्षा पनि नगरेको पाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.