सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

डाक्टरको लापरवाहीले सुत्केरी महिलाको पेटमै छुट्यो स्टिच निडिल सुई


  •    न्युजभित्तो/२३ फाल्गुन २०७८, सोमबार ११:५१ 
  • रौतहट,२३ फागुन। रौतहटमा डाक्टरहरुको लापरवाहीले सुत्केरी महिलाको पेटमा स्टिच निडिल सुई छुटेको घटना सार्वजनिक भएको छ । दुर्गा भगवती गाउँपालिका १ छतवनाका जितेन्द्र महतोकी १९ वर्षीय श्रीमती अम्बिका महतोको अप्रेसन गर्ने क्रममा डाक्टरहरुले पेटमा दुईवटा स्टिच निडिल सुई छुटाएका हुन् ।

    प्रसूति पीडा भएपछि अम्बिकालाई उनको परिवारले रौतहटको गंगा पिपरामा रहेको सरकारी अस्पतालमा भर्ना गरेका थिए । उनको अप्रेशनमा डा।संजितकुमार साह नेतृत्वको टोली खटिएको थियो । अम्बिकालाई गएराती सुत्केरीको बेथा लागेपछि सो अस्पतालमा पुर्याइएको उनको परिवारले जानकारी दिएको छ । सुरुमा डा।संजितकुमारको टोलीले तत्काल अपरेसन गरेको थियो ।

    अप्रेसनपछि स्वस्थ बालिकाको जन्म भएको जितेन्द्रको परिवारले जानकारी दिएको छ । अप्रेशनपछि डाक्टरले टाँका लगाउने स्टिच निडिल सुई पेटमै भुलेको बताइएको छ । अप्रेसन गरिएको केही घण्टामै सुत्केरी महिलाको पेटमा असह्य पीडा भएको र डाक्टरहरुकै आग्रहमा एम्बुलेन्स मगाएर अम्बिकालाई चन्द्रपुर अस्पताल चन्द्रनिगाहपुरमा लिएर लगिएको जितेन्द्रको परिवारले बताए ।

    चन्द्रपुर अस्पतालका प्रमुख डा।सुभाष चौधरीका अनुसार सोमबार बिहान महिलाको पेटको पुनः अपरेसन गरेर पेटभित्र छुटेका २ थान स्टिच निडिल सुई निकालिएको छ । अहिले महिला र बच्चा दुबैको अवस्था सामान्य रहेको चन्द्रपुर अस्पतालले जनाएको छ । रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले घटनाको पुष्टि गर्दै त्यसमा डाक्टरको चरम लापरबाही रहेकोे प्रतिक्रिया दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.