सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेविरुद्ध नेपाल प्रहरीको साईबर ब्यूरोले कारवाही गर्ने


  •    न्युजभित्तो/२० फाल्गुन २०७८, शुक्रबार १७:२६ 
  • काठमाण्डौं, २० फागुन । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालको दुरुपयोग गरी शान्ति खल्बल्याउने तथा अफवाह फैलाउने कार्यमा संलग्न व्यक्तिमाथि कारवाही गर्ने जनाएको छ । ब्यूरोले आज एक सूचना जारी गरी विगत केही समयदेखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिको प्रयोग गरी युट्युव, टिकटकलगायत सामाजिक सञ्जालमा भ्रामक एवं झुटा क्याप्सन राखी भिडियो तथा तस्वीरहरू अपलोड गरेको भन्दै त्यस्ता व्यक्तिमाथि कारवाही गर्ने चेतावनी दिएको हो ।

    उनीहरूले गम्भीर प्रकृतिका अपराधको अनुसन्धान कार्यलाई समेत प्रभावित पार्ने गरी गतिवधि गरेको ब्यूरोले जनाएको छ । समाजमा उत्तेजना फैलाउने, सामाजिक सद्भाव खल्बल्याउने र पीडितको गोपनीयताको हकको हनन् गरी सामाजिक तथा मानसिक स्वास्थ्यमा समेत नकारात्मक असर पु¥याउने किसिमका गतिविधि देखिएको ब्यूरोको सूचनामा उल्लेख छ । सूचनामा त्यस्ता क्रियाकलाप विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा प्रचलित कानुन बमोजिम कारवाही हुने चेतावनी दिइएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.