सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पार्टीभित्र छलफलपछि गठबन्धनले चुनावी तालमेलबारे निर्णय गर्ने


  •    न्युजभित्तो/१९ फाल्गुन २०७८, बिहीबार १४:०८ 
  • काठमाडौं,१९ फाल्गुन ।  सत्तारुढ गठबन्धनले चुनावी तालमेलका बारेमा आ-आफ्ना दलभित्र आन्तरिक छलफल गरेर निर्णय गर्ने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको चार दलीय गठबन्धनको बैठकमा चुनावी सहकार्यका विषयमा छलफल गरेको छ ।

    सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चुनावी तालमेलबारे सत्ता गठबन्धनमा रहेका दलहरूले आन्तरिक छलफल गरेपछि गठबन्धनले निर्णय लिने बताएका हुन् ।

    आज बिहीबार गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठकपछि निर्णयबारे जानकारी दिँदै उनले गठबन्धन देशमा स्थायित्व कायम गर्न गठन गरिएकोले अब पनि निरन्तरता दिएर अघि बढ्ने बताए ।

    बैठकले संसदमा महत्वपूर्ण विधेयकहरु अड्किएकाले एमालेलाई सदन अवरुद्ध नगर्न आग्रह गर्दै नागरिकता विधेयक र हवाई उड्ययन विधेयक संसदमा गम्भिर छलफल गर्नुपर्ने विधेयक रहेको कार्कीले बताए ।

    सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चा बाहिरिएपछि चार दलको बैठक बसेको थियो । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मा मात्रै जनमोर्चाको फरक मत रहेकाले अन्य निर्णय प्रक्रियमा उक्त दल पनि सहभागी हुने प्रवक्ता कार्कीले दाबी गरे ।

    एमसीसीका विषयमा मात्रै राष्ट्रिय जनमोर्चाको फरक मत रहेकाले सरकारलाई दिएको समर्थन कामय रहने र पुनः पाँचदलीय गठबन्धन बन्ने उनको भनाइ छ । एमसीसी सम्झौता अनुमोदन भएसँगै जनमोर्चा गठबन्धनबाट अलग भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.