सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राप्रपाको बैठक जारी, एमसीसीबारे आधिकारिक धारणा सार्वजनिक गर्दै


  •    न्युजभित्तो/१९ फाल्गुन २०७८, बिहीबार १०:३३ 
  • काठमाडौँ,१९ फाल्गुन।  राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक जारी रहेको छ । बैठक बिहान ८ बजे पार्टीको केन्द्रिय कार्यालय धुम्बाराहीमा शुरु केन्द्रीय कार्यसमितिको बैठकले एमसीसीबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ ।

    एमसीसीको विराेधमा रहेको राप्रपाले केन्द्रीय समितिको बैठकमा छलफल गरेर पार्टीको धारणा सार्वजनिक गर्न लागेको हाे । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार हिजो बुधबारको बैठकमा प्रस्तुत प्रतिवेदनमाथि छलफल भएर एमसीसीबारे पार्टीको आधिकारिक धारणा पनि सार्वजनिक हुने उनले बताए ।

    बुधबार अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशा सम्बन्धि, उपाध्यक्ष हेमजंग गुरुङले सचिवालय सम्बन्धि, महामन्त्री भुवन पाठकले स्थानीय तहको निर्वाचन सम्बन्धि प्रतिवेदन पेस गरेका थिए ।

    हिजो बुधबार पार्टीको केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले प्रमुख राजनीतिक दलले वैदेशिक सम्बन्धलाई सत्तारोहण गर्ने सिँढीको रुपमा प्रयोग गरेपछि नेपालको वैदेशिक सम्बन्ध खल्बलिएको बताएका थिए । राप्रपाको बैठक आज सकिँने भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.