सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमसीसी संसदवाट अनुमोदन भएपछि ओलीले पत्रकार सम्मेलन गर्दै


  •    न्युजभित्तो/१७ फाल्गुन २०७८, मंगलवार १२:२६ 
  • काठमाडौँ,१७ फाल्गुन। प्रतिनिधिसभावाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता अनुमोदन भएपछि आफ्नो पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न नेकपा एमाले आज पत्रकार सम्मेलन गर्दैछ ।

    संसदबाट एमसीसी अनुमोदन भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो १ बजे तिनकुनेस्थित रोयल ब्यांकेटमा पत्रकार सम्मेलन आयोजना गर्ने एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

    एमसीसी संसदबाट अनुमोदनमा भाग नलिएको प्रमुख प्रतिपक्षी दल एमालेले एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा एमालेका आधिकारिक धारणाहरू सार्वजनिक गर्नेछ । एमसीसी गत शुक्रबार संसदबाट अनुमोदन भएको थियो ।

    एमसीसी संसदबाट अनुमोदन भएपछि यसअघि हिजो सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड`ले एमसिसी सम्झौता संसदवाट अनुमोदन भएर देश, सत्ता गठबन्धन र वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार दुर्घटनाबाट बचेको बताएका थिए ।

    यस्तै एमसीसी संसदबाट अनुमोदन भएपछि हिजो प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले पनि आफ्नो पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिसकेको छ । काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी संसदबाट पारित गर्न एमालेले पनि सघाएको बताएका छन् ।

    सोमबार सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले अन्य मुद्दाका कारण औपचारिकता सहभागिता नभएपनि एमालेले पनि सहयोग गरेको बताए । उनले गठबन्धनमा सम्मिलित सबै दलको एमसीसीमा सहयोग रहेको भन्दै पार्टीको तर्फबाट धन्यवाद दिएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.