सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नायक पल शाह प्रहरी नियन्त्रणमा


  •    न्युजभित्तो/१५ फाल्गुन २०७८, आईतवार १३:३७ 
  • काठमाडौं,१५ फाल्गुन। अन्तत: नायक पल शाह प्रहरीसामु आज आफैं उपस्थित भएका छन् । उनले प्रहरीसामु आत्मसमर्पण गरेका हुन् । शाहले आइतबार तनहुँ पुगेर प्रहरीसामु आत्मसमर्पण गरेको तनहुँ प्रहरी कार्यालय स्रोतले बताएको छ ।

    उनी अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् । यसअघि आज बिहान मात्र सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै उनले आफै प्रहरीसामु उपस्थित हुने बताएका थिए ।

    उनले आफ्नो स्वास्थ्य अवस्था बिग्रिएको र घरको सबै व्यवहार मिलाउनु परेकाले प्रहरीसामु उपस्थित हुन नसकेको भन्दै माफीसमेत मागेका थिए । साथै आफ्नो फिल्म म यस्तो गीत गाउँछु २ गत शुक्रबारदेखि देशभरिका हलमा प्रदर्शन भएकाले फिल्मलाई असर नपरोस् भन्ने पक्षलाई ध्यानमा राखेको उनको भनाइ थियो ।

    एक नाबालिग गायिकाले प्रहरीमा उनीविरुद्ध जबर्जस्ती करणी आरोपमा तनहुँ प्रहरीमा किटानी जाहेरी दिएपछि उनी प्रहरीको खोजीको सूचीमा परेपछि फरार रहँदै आएका थिए ।

    १८ वर्षमुनिकी ती गायिकासँग यौन सम्बन्ध राखेको आरोप लागेका पल शाहविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा करणीसम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो । ती गायिकाले आफूलाई जवर्जस्ती शारीरिक सम्बन्ध राखेकाे भन्दै पलविरुद्ध आज उजुरी दिएकी थिइन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.