भरतपुर, १४ फागुन । स्थापनाको एक वर्ष पूरा भएको अवसर पारेर उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.को प्रथम साधारणसभा आज भरतपुरमा सम्पन्न भएको छ । उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.का अध्यक्ष राजु भट्टको अध्यक्षतामा सम्पन्न प्रथम वार्षिक साधारणसभाले बार्षिक रुपमा गरिएका कार्यहरुको समिक्षाका साथै आगामि वर्षको कार्ययोजना समेत प्रस्तुत गरेको थियो । उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.को अनलाइन संस्करण उज्यालो टाईम्स डटकमका प्रबन्ध निर्देशक राकेशमान श्रेष्ठले स्वागतसँगै वर्षभरी गरिएका कार्यक्रमहरु र आगामि वर्षका लागि तय भएका कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो ।
साधारणसभाको अवसरमा होटल व्यवसायी संघ–चितवनका उपाध्यक्ष एवम् होटल जमघटका प्रबन्ध निर्देशक कृष्ण भट्ट, उज्यालो टाईम्स डटकमका निर्देशकहरु अनिलकुमार श्रेष्ठ, पुष्पराज श्रेष्ठ, हरि बहादुर भुजेल, कपिलसागर कर्माचार्य, दिपाज इभेन्टकी प्रबन्ध निर्देशक दिपा पाठक, मिष्टर एण्ड मिस इन्सप्रेसन २०७७ की बिजेता गीता लोहनी, ग्याण्ड मल्टी इन्टरटेन्मेन्टकी प्रबन्ध निर्देशक रिता लोहनी लगायतले साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
उज्यालो टाईम्स डटकमका निर्देशक डोल बहादुर कार्की (अविनाश) ले सञ्चालन गर्नुभएको साधारणसभा कार्यक्रमलाई उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.का अध्यक्ष राजु भट्टले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।
भरतपुर, १४ फागुन । स्थापनाको एक वर्ष पूरा भएको अवसर पारेर उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.को प्रथम साधारणसभा आज भरतपुरमा सम्पन्न भएको छ ।
उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.का अध्यक्ष राजु भट्टको अध्यक्षतामा सम्पन्न प्रथम वार्षिक साधारणसभाले बार्षिक रुपमा गरिएका कार्यहरुको समिक्षाका साथै आगामि वर्षको कार्ययोजना समेत प्रस्तुत गरेको थियो ।
उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.को अनलाइन संस्करण उज्यालो टाईम्स डटकमका प्रबन्ध निर्देशक राकेशमान श्रेष्ठले स्वागतसँगै वर्षभरी गरिएका कार्यक्रमहरु र आगामि वर्षका लागि तय भएका कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो ।