सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जसपाको बहुप्रतिक्षित केन्द्रीय कार्यकारणी समितिको बैठक शुरु


  •    न्युजभित्तो/१३ फाल्गुन २०७८, शुक्रबार १३:४३ 
  • काठमाडौं, १३ फाल्गुन।  जनता समाजवादी पार्टी (जसपा) को बहुप्रतिक्षित केन्द्रीय कार्यकारणी समिति बैठक काठमाडौं शुरु भएको छ । बालकुमारीस्थित केन्द्रीय कार्यालयमा शुरु भएको बैठकमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) देखि स्थानीय चुनावको तयारीबारे छलफल हुने बताइएको छ ।

    एमसीसी लगायतका कारण जसपाभित्र तीव्र विवाद छ । अध्यक्ष उपेन्द्र यादव राष्ट्रिय सहमति भएमा मात्र एमसीसी संसदवाट अनुमोदन गर्नुपर्ने अडानमा छन् भने संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई एमसीसी जसरी पनि पास गर्नुपर्ने भन्दै आएका छन् ।

    एमसीसीको विवादले पार्टी विभाजनको दिशातिर उन्मुख भई रहेको अनुमान गरिएको छ । बाबुराम पक्षधरले उपेन्द्र यादवले पार्टीमा एकलौटी गरेको भन्दै हस्ताक्षरसमेत संकलन गरेका छन् ।

    आजको बैठकमा एमसीसी, स्थानीय तह निर्वाचन र पार्टीको विधान सम्मेलन गर्ने लगायत एजेन्डा तय भएका छन् । यसका साथै समसमायिक राजनीतिक बिषयमा पनि छलफल हुनेछ । यसअघि तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा हुने भनिएको बैठक अन्तिममा बालकुमारीस्थीत केन्द्रिय कार्यालयमा हुन लागेको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.