चितवन, १२ फागुन । घाँस काट्न गएकी महिलाको बाघको आक्रमण परी निधन भएको छ । भरतपुर महानगरपालिका वडा नं. १३ स्थित बेलशहर सामुदायिक वनमा घाँस काट्न गएकी भरतपुर ६ निवासी ६० वर्षिय चिजा सार्कीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनीसहित सिता दराई र हेमराज सापकोटा घाास काट्न गएकोमा चिजा सार्कीलाई बाघले आक्रमण गरेको हो । आक्रमणको खबर पाएपछि चितवन राष्ट्रिय निकुञ्जको टोली हात्तीसहित गएर चिजाको शव ल्याएको छ । बाघले खाइरहेको अवस्थामा शव ल्याइएको प्रहरीले जनाएको छ ।