प्रधानमन्त्रीले अमेरिकाको दबाब झेल्न नसकेको पूर्वप्रधानमन्त्री खनालको आरोप
न्युजभित्तो/११ फाल्गुन २०७८, बुधबार १६:४०
काठमाडौं,११ फाल्गुन। नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाको दबाबलाई झेल्न नसकेको आरोप लगाएका छन्।
पूर्व प्रधानमन्त्री समेत रहेका खनालले अमेरिकाको दबाबलाई झेल्न नसकेर एमसीसी संसदमा पेश गरेको आरोप लगाएका छन् । खनालले एमसीसीमा रहेका केही शर्तहरु अनावश्यक र आपत्तिजनक रहेको र कार्यदलले अध्ययनका क्रममा एमसीसीका २०१७ को दस्ताबेज र २०१९ को कार्यान्वयन सम्झौता भन्दा अन्य नयाँ नौ वटा सम्झौता फेला पारेको पनि बताए ।