तुलमानको अध्यक्षतामा नौ सदस्यीय तमु सञ्चारकर्मी संघ चितवन सर्वसम्मत चयन
न्युजभित्तो/१० फाल्गुन २०७८, मंगलवार ०८:५७
भरतपुर, १० फागुन । चितवनमा कार्यरत तमु सञ्चारकर्मीको भेलाले तमु (गुरुङ) सञ्चारकर्मी संघ चितवनको अध्यक्षमा तुलमान गुरुङलाई चयन गरेको छ । सोमबार सम्पन्न भेलाले गुरुङको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
समितिको उपाध्यक्षमा हिरालाल गुरुङ, सचिवमा राजनदिल गुरुङ, सहसचिवमा गीता गुरुङ र कोषाध्यक्षमा नेत्र गुरुङ चयन हुनुभएको छ । सदस्यहरुमा घना गुरुङ, करिश्मा गुरुङ, कमला गुरुङ, ममता गुरुङ चयन हुनुभएको छ ।
भेलाको बागमती प्रदेश सांसद तथा राप्रपा सहमहामन्त्री रिना गुरुङले उद्घाटन गर्नुभयो । । सांसद गुरुङले तमुसञ्चारकर्मी संघलाई सशक्त संगठनका रुपमा अगाडी बढाउन आग्रह गर्नुभयो । उहाँले समाजभित्रका बेथीति र समस्या उजागर गरेर समाधान गर्न पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
जनजातीको ढाडमा टेकेर बिभिन्न दलका ब्यक्तिहरुले राजनीति गरिरहेको उहाँले बताउनु भयो । उहाँले विगतमा तमुवान, लिम्बुवान लगायतको आशा देखाएर संघीयताको नाममा राजनीतिज्ञहरु स्थापित भईरहेको आरोप लगाउनु भयो ।
तदर्थ समितिका अध्यक्ष चित्रबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय अध्यक्ष रबिन गुरुङ, फोनिजका केन्द्रीय सदस्य राजु चौधरी, फोनिज चितवनका अध्यक्ष रमेश राना, फोनिज सुनसरीका अध्यक्ष नविन गुरुङ लगाएतको सहभागीता रहेको थियो ।