सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना परीक्षणको नक्कली रिपोर्ट बनाउने यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर


  •    न्युजभित्तो/९ फाल्गुन २०७८, सोमबार १६:२० 
  • काठमाडौं,९ फाल्गुन ।  कोरोना  परीक्षणको नक्कली रिपोर्ट बनाएको आरोपमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तत्कालीन ल्याब इन्चार्ज विनोदकुमार यादवविरुद्ध  विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तत्कालीन ल्याब इन्चार्ज विनोदकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

    यादवले अस्पतालमा भर्ना भएका बिरामीको स्वाब संकलन गरी अनाधिकृत रुपमा शुल्क उठाई स्वाबको परीक्षण नै नगरी गलत रिपोर्ट दिएको,  रिपोर्ट पोजेटिभ आएमा थप रकम लिई रिपोर्ट नेगेटिभ बनाइदिएको पाइएको अख्तियारले जनाएको छ।

    शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा यादवले चलाउने कम्प्युटरको फरेन्सिक परीक्षण गर्दा कोरोना परीक्षणको सबै रिपोर्ट नक्कली पाइएको र उनले अस्पतालको छाप  आफूखुशी बनाई दुरुपयोग गरेको पनि अख्तियारको दावी छ।

    ‘अनाधिकृत रुपमा रकमसमेत लिई स्वाबको परीक्षण नै नगरी गलत पीसीआर प्रतिवेदन आफुखुशी तयार पारी उपलब्ध गराएको, पीसीआर परीक्षणको लागि स्वाब संकलन गरी परीक्षण नै नगरी मौखिक रुपमा गलत रिपोर्ट बनाउने गरेको, आफ्नो कार्यकक्षमा नै व्यक्तिहरुको स्वाव संकलन गर्ने र रिपोर्ट पोजेटिभ आएमा पनि थप रकम लिई रिपोर्ट नेगेटिभ बनाईदिने काम गरेकाेले भ्रष्टाचार निवारण ऐनको दफा १९ को उपदफा २ बमोजिम बिशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ।’ अख्तियारले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.