सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रचण्डको प्रस्ताव देउवाले मानेनन्


  •    न्युजभित्तो/८ फाल्गुन २०७८, आईतवार १२:०७ 
  • काठमाडौं,८ फाल्गुन। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीका सन्दर्भमा राखेको प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गरेका छन् । सत्तारुढ दलको आइतबार बसेको बैठकमा प्रचण्डले एमसीसी टेबल गर्ने नै हो भने प्रस्तावलाई छलफलका लागि समितिमा पठाउन आग्रह गरेपनि देउवाले अस्वीकार गरेका हुन् ।

    ‘अध्यक्षले, यदि तपाईं टेबुल गरि छाड्ने हो भने प्रस्तावलाई छलफलको लागि समितिमा पठाउन आग्रह गर्नु भयो तर प्रधानमन्त्रीज्यु भने टेबुल गरेर प्रक्रियामा लैजाने अडानमा रहनु भयो’, प्रचण्डको सचिवालयका तर्फबाट स्वकीय सचिव रमेश मल्लले बताए ।

    यस्तो स्थितिमा आ–आफ्नो विचार अनुसार सदनमा नै छलफल गर्ने समझदारी भएको मल्लको भनाइ छ । यस्तै प्रचण्डले कुनै पनि विधेयक सरकारको तर्फबाट सदनमा टेबुल गर्नु सैद्धान्तिक हिसाबले स्वाभाविक प्रक्रिया भएपनि हाल लामो समयदेखि सदन अवरुद्ध भएकाले अरु कुनै पनि विधेयक टेबुल नभएको अवस्थामा सभामुखलाई एमसीसी मात्र टेबुल गर भन्नु उपयुक्त नहुने धारणा पनि प्रचण्डले राखेका थिए ।

    प्रचण्डमा देउवाले कुनै पनि हालतमा टेबल गर्ने बताएपछि सत्ता गठबन्धनमा सोहीअनुसार सहमति भएको छ । ‘गठबन्धनमा सहमति भएको छ, अब एमसीसी टेबल हुन्छ’, बैठकपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताए । टेबल भएपनि पारित गर्नमा माओवादीलगायतका दलले नसघाउने बताएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.