सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा ६ वर्षिया बालिका बलात्कार गरेको आरोपमा पक्राउ


  •    न्युजभित्तो/७ फाल्गुन २०७८, शनिबार १७:३१ 
  • चितवन, ७ फागुन । भरतपुर महानगरपालिका वडा नं. २ आँपटारीमा ६ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । स्थानीय अन्दाजी ३७ वर्षिय पुरुषलाई प्रहरीले हिजो शनिबार पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले एक जनालाई नियन्त्रणमा लिएको स्वीकार गर्दै घटनाबारे विस्तृत विवरण दिन अस्वीकार गर्नुभयो । उहाँले भन्नुभयो “उद्योग हो कि दुरुत्साहन हो कि, बलात्कार हो भन्ने बारे बुझ्दै छौं, अहिले नै यही हो भन्न मिलेन ।” उहाँले नियन्त्रणमा लिएको व्यक्तिको विषयमा विस्तुत विवरण समेत आफूलाई जानकारी नभएको बताउनुभयो ।\

    पीडित बालिकाको परिवारले उक्त पुरुषले पटक पटक यौन दुव्र्यवहार गर्ने गरेको बताएका छन् । पछिल्लो पटक गत बिहीबार बलात्कार गरेको परिवारको आरोप छ । घटनापछि हिजो भरतपुर अस्पतालमा बालिकाको स्वास्थ्य परीक्षण गर्दा यौनाङ्ग च्यातिएको रिपोर्ट आएको चिकित्सकलाई उदृत गर्दै पीडित परिवारले जनाएको छ । पीडित बालिकाले समेत उक्त पुरुषले यौनजन्य गतिविधि गरेको बताएकी छिन् ।

     

    (सांकेतिक तस्वीर)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’
    अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती
    सुनचाँदीको मूल्य बढ्यो
    • पर्यटकको पर्खाइमा थोरङ फेदी
    • वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
    • खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी
    • पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.