सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरको साकुरा रेष्टुरेन्टबाट एक लाख सहित पाँच जुवाडे पक्राउ


  •    न्युजभित्तो/६ फाल्गुन २०७८, शुक्रबार १९:११ 
  • चितवन, ६ फागुन । जिल्ला प्रहरी कार्यालय चितवनले जुवा (तास) खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नं. १० स्थित साकुरा रेष्टुरेन्टबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

    कार्यालयका प्रवक्ता नरहरी अधिकारी अनुसार कार्यालयबाट खटिएका प्रहरी टोलीले भरतपुर १० का ३६ वर्षिय प्रकाश रानाभाट, रौतहट घर भई भरतपुर ७ मा बस्ने ३० वर्षिय सुवास महतो, भरतपुर ४ का ५६ वर्षिय टुङराज लामिछाने, भरतपुर १० का ४८ वर्षिय सरोज खनाल र भरतपुर १२ का ४२ वर्षिय राजकुमार श्रेष्ठलाई पक्राउ गरिएको हो ।

    जुवा खेलिरहेको अवस्थामा उनीहरुबाट तास र नगद एक लाख दुई हजार तीन सय ७० रुपैयाँ बरामद गरिएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले न्यूजभित्तोलाई जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.