सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गैँडाकोटमा चार वर्षमा ५० किलोमिटर सडक निर्माण


  •    न्युजभित्तो/६ फाल्गुन २०७८, शुक्रबार १५:२३ 
  • नवलपरासी, ६ फागुन । (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा पछिल्लो चार वर्षमा ५० किलोमिटर सडक निर्माण गरिएको छ । हालसम्म गैँडाकोटमा कूल ३२१ किलोमिटर सडक निर्माण गरिएको छ ।

    चार वर्षमा ७० किलोमिटर सडक ग्राभेल तथा ५५ किलोमिटर सडक कालोपत्र गरिएको नगरप्रमुख छत्रराज पौडेलले जानकारी दिनुभयो । नगरभित्र १२६ किलोमिटर सडकको स्तरोन्नति गरिएको छ । आफ्नै स्रोतसाधनबाट तीन पक्की पुल, तीन झोलुङ्गे पुल र कल्भर्ट निर्माण गरिएको उहाँले बताउनुभयो । नगरप्रमुख पौडेलका अनुसार नगरको ९५ प्रतिशत जनसङ्ख्यालाई सफा खानेपानीको व्यवस्था गरिएको छ ।
    नगरपालिका भित्र १३ आधारभूत स्वास्थ्य भवन निर्माण, वडा कार्यालय र विद्यालय भवन निर्माण अन्तिम चरणमा पुगेको पौडेलले बताउनुभयो । दुई रङ्गशाला निर्माणका चरणमा छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पछिल्ला दुई आर्थिक वर्षमा ३७४ जनालाई रोजगारी प्रदान गरिएको छ । नगरभित्र साना र ठूला गरी २७८ उद्योग सञ्चालन छन् । नगरभित्रका ६० वर्षमाथिका दुई हजार १४१ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र, ६४१ जनालाई अपाङ्गता परिचयपत्र वितरणका साथै ५०० अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर र ट्राइसाइकल वितरण गरिएको पौडेलले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.