सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमसीसीबारे वार कि पार गर्नुपर्छ, कुरा नमिले गठबन्धन टुट्छ : थापा


  •    न्युजभित्तो/६ फाल्गुन २०७८, शुक्रबार १५:०२ 
  • काठमाडौँ,६ फाल्गुन ।  नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले बहुचर्चित तथा विवादित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयमा सहमति नभए सत्ता गठबन्धन टुट्ने संकेत गरेका छन् ।

    शुक्रबार प्रतिनिधिसभा बैठकलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै थापाले एमसीसीबारे अब वार कि पार गर्नुपर्ने बेला आएको बताएका स्पष्ट पारेका छन् । थापाले एमसीसीबारे संकल्प प्रस्ताव पास गर्ने, आफ्नो रोजाइमा मत दिने लगायतका विकल्पमा छलफल भइरहेको समेत बताए ।

    थापाले एमसीसी परियोजनामा नेपालले माधवकुमार नेपाल नेतृत्वको तत्कालीन सरकारको पालामा सूचीवद्ध हुन प्रतिवद्धता जाहेर गरेको जानकारी दिँदै त्यसपछिका सबै सरकारको पालामा यसबारे केही न केही काम अघि बढेको प्रष्ट पारेका छन् ।

    उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा एमसीसी परियोजना स्वीकृत गरिएको र केपी शर्मा ओली प्रधानमन्त्री हुँदा यसलाई अघि बढाइएको उल्लेख गर्दै थापाले त्यसपछि बल्ल यो सम्झौताका केही बुँदा संशोधन गर्नुपर्छ भन्ने कुरा आएको जनाए ।

    एमसीसीलाई अब धेरै समय अल्झाएर राख्न नहुने उल्लेख गर्दै थापाले एमसीसीलाई चुनावपछि धकेल्ने प्रस्ताव स्वीकार्य नहुने बताए । साथै उनले एमसीसी सम्झौतालाई संसदमा ल्याएर छलफल गर्न सरकार तयार रहेको उनले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.