सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विश्वकै पहिलो एचआईभी संक्रमणमुक्त महिला!


  •    न्युजभित्तो/५ फाल्गुन २०७८, बिहीबार १४:४३ 
  • काठमाडौं,५ फाल्गुन।  एक अमेरिकी महिला एचआईभी संक्रमणबाट मुक्त भएकी छन्। उनी एचआईभी संक्रमणमुक्त हुने विश्वकै तेस्रो व्यक्ति र पहिलो महिला भएकी बताइएको छ। रक्त क्यान्सरको उपचारका क्रममा ती महिलालाई एड्स निम्त्याउने भाइरसविरुद्ध प्राकृतिक प्रतिरोधी क्षमता भएका व्यक्तिबाट स्टेम कोष प्रत्यारोपण गरिएको बताइएको छ।

    उपचारपछि ती महिला विगत १४ महिनायता भाइरसमुक्त छिन्। तर, विज्ञहरूले नाइटोबाट रगत प्रत्यारोपण गरिने यो विधि एचआईभी भएका अन्य मानिसहरूमा प्रयोगमा ल्याउन धेरै जोखिमपूर्ण हुने बताएका छन्।

    बिरामीको उपचार गरिएको यो विषय गत मंगलबार डेन्भरस्थित एक चिकित्सा सम्मेलनमा प्रस्तुत गरिएको थियो। एचआईभीको उपचारमा यो विधि प्रयोग गरिएको पहिलो पटक सार्वजनिक भएको हो।

    क्यान्सरको उपचारका लागि नाइटोबाट रगत प्रत्यारोपण गरिएको ती महिलालाई एचआईभीको उपचारका लागि एन्टिरेट्रोभाइरल थेरापी आवश्यक परेको थिएन।  ती महिलाको अन्तिम पटक २०१७ मा प्रत्यारोपण गरिएको थियो र तीन वर्षपछि डाक्टरहरूले उनको एचआईभीको उपचार रोकेका थिए। त्यसयता ती महिला कुनै पनि भाइरसको सिकार भएकी छैनन् । 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.