सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल ओलम्पिक कमिटी निर्वाचनको बाटो खुल्यो


  •    /२२ भाद्र २०७६, आईतवार २१:२७ 
  • काठमाडौँ । सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनका लागि बाटो खुला गरेको छ । न्यायाधीश तेजबहादुर केसी र मनोजकुमार शर्माको संयुक्त इजलासले आज अदालतले एनओसीको कार्यसमिति निर्वाचन रोक्न यही भदौ १७ गते दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि निर्वाचनका लागि बाटो खुलेको हो ।

    सर्वोच्च अदालतको आदेशसँगै एनओसीको यही भदौ २० गतेका लागि तय गरिएको निर्वाचन स्थगित भएको थियो । अर्को सूचना जारी नभएसम्म निर्वाचन स्थगित गरिएको जनाइएको थियो । सर्वोच्च अदालतले विसं २०६७ मा मान्यता दिएको नेपाल ओलम्पिक कमिटीका सदस्य कमलबहादुर चित्रकारले राष्ट्रिय मान्यता नपाएको एनओसीको निर्वाचन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

    रिटमा सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश टङ्कबहादुर मोक्तानको इजलासले निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको थियो । अदालतले दुवै पक्षलाई छलफलका लागि आज बोलाएपछि निर्वाचन गर्न पाउने भएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति
    प्रजनन स्वास्थ्यमा कानुनी अड्चन हटाउन सरोकारवालाको जोड
    पर्वतमा मदन स्मृति पुस्तकालय स्थापना
    • ‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’
    • कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
    • जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु
    • सार्वजनिक स्रोत–साधनको मितव्ययी उपयोगमा महालेखाको जोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.