सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुनसरीको धरानमा जेब्रा झोलाभित्र भेटियो मानिसको टाउको र खुट्टा


  •    न्युजभित्तो/५ फाल्गुन २०७८, बिहीबार १०:३१ 
  • धरान,५ फाल्गुन।  सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–४ नौकिलोमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको छ भने शवको शरीर भने फेला परेको छैन । प्रहरीका अनुसार हिजो बुधबार दिउँसो धरान–भेडेटार सडकखण्डमा पर्ने जंगलमा भेटिएको टाउको र खुट्टा पुरुष मानिसको भएको आशंका गरिएको छ ।

    हिजो दिउँसो आपगाछी क्षेत्रको जंगलमा दाउरा खोज्न गएका स्थानीयले दुर्गन्ध फैलिएपछि हेर्दा जेब्राभित्र टाउको र खुट फेला पारेपछि प्रहरीमा खबर गरेर जानकारी दिएका थिए । पूर्व नेपाल आर्मी खड्गबहादुर तामाङ र उनको पत्नी दाउरा खोज्न जङ्गल जाँदा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार हत्या गरेर शवको टाउको र खुट्टा झोलाभित्र हालेर फ्यालेको हुनसक्ने बताइएको छ । विभिन्न कोणबाट घटनाको अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले बताए ।

    डिएसपी कुँवरका अनुसार टाउको र खुट्टा कसको हो भनेर अझसम्म खुलेको छैन । शव भेटिएका मानिसको उमेर करिब ४० देखि ४२ वर्ष भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

    घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको प्रयोग पनि गरिएको छ । उक्त घटनामा संघीय प्रहरी कार्यालय धरानको तालिम प्राप्त कुकुर पनि लगेर अनुसन्धान गरिएको थियो ।

    घटनास्थल धरान–१३ को जिरोपोइन्टबाट लगभग ९ किलोमिटर उत्तरमा पर्छ । टाउको र खुट्टा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । अनुसन्धान थाल्दै प्रहरीले घटनाको वास्तविकता पत्ता लगाउने प्रयास जारी राखेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.