सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा सात महिनामा ३० जना बेपत्ता


  •    न्युजभित्तो/४ फाल्गुन २०७८, बुधबार ११:५६ 
  • चितवन, ४ फागुन। जिल्लाको विभिन्न स्थानबाट चालु आर्थिक वर्षको हालसम्मका ३० जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हराएको निवेदन परेकामध्ये सो सङ्ख्यामा व्यक्ति अझै सम्पर्कमा आउन सकेका छैनन् । प्रहरी निरीक्षक कमला नरालका अनुसार हराएका २७० मध्ये २४० जना परिवारको सम्पर्कमा आएका छन् । सम्पर्कमा नआउनेमा १३ महिला, १२ पुरुष, एक बालक, तीन बालिका र एक ज्येष्ठ नागरिक छन् । गत आर्थिक वर्षमा १३ महिला, २७ पुरुष, दुई बालिका र तीन ज्येष्ठ नागरिक बेपत्ता थिए । फेला नपर्नेहरू साथीको घर जान्छु भनेर, स्कुलबाट घर नफर्किएर, बजार गएर आउँछु भनेर घरबाट निस्किएका बढी मात्रामा रहेको उहाँले जानकारी दिनुभयो । चालु आवको माघसम्ममा १०६ महिला, ८३ पुरुष, १६ बालक, ४८ बालिका र १७ ज्येष्ठ नागरिक हराएका थिए । उनीहरुमध्ये ९३ महिला, ७१ पुरुष, १५ बालक, ४५ बालिका र १६ ज्येष्ठ नागरिक परिवारको सम्पर्कमा आएका छन् । परिवारको सम्पर्कमा नआएकाको खोजी भइरहेको नरालले बताउनुभयो । कार्यालयको महिला सेलमा घरेलु हिंसाका घटना बढ्दो क्रममा रहेका छन् । चालु आवको सात महिनामा २६१ घरेलु हिंसाका घटना भएका छन् । खान लाउन नदिएको ६८, कुटपिटका १२६ र गाली बेइज्जतीका ६७ वटा छन् । नरालका अनुसार गत आवमा घरेलु हिंसाका घटना १५४ दर्ता भएका थिए । आव २०७६÷७७ मा ८४ वटा घरेलु हिंसाका निवेदन दर्ता भएको उहाँले जानकारी दिनुभयो । हरेक वर्ष जिल्लामा घरेलु हिंसाका घटना बढ्दै गएको तथ्याङ्कले देखाएको छ । कार्यालयको तथ्याङ्कानुसार यस आवमा परेका निवेदनमध्ये १८१ वटा मिलापत्र भएको छ भने ५४ वटा निवेदन अदालतमा दर्ता भएको र २४ वटा निवेदन छलफलका क्रममा छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.