सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाल क्यान्सर रोग विशेषज्ञ भन्छन्- समयमै उपचारमा ल्याऔँ


  •    न्युजभित्तो/३ फाल्गुन २०७८, मंगलवार १६:२३ 
  • चितवन,३ फागुन। नेपालमा अझै ५० प्रतिशत बाल क्यान्सर बिरामी उपचारको पहुँच बाहिर छन् । वर्षेनि एक हजार ५०० हाराहारीमा यस्ता बिरामी हुने र ती मध्ये आधा मात्रै उपचारका पहुँचमा आउने जनाइएको छ ।

    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले देशभरका १२ क्यान्सर परीक्षण हुने अस्पतालको तथ्याङ्क सङ्कलन गर्दै आएको छ । अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा कृष्णसागर शर्माले वर्षेनि ७५० हाराहारीमा बाल क्यान्सर मात्रै उपचारका पहुँचमा आउने गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विश्वको तथ्याङ्क र नेपालको जनसङ्ख्यालाई हेर्दा नेपालमा वर्सेनि एक हजार ५०० हाराहारी नयाँ बाल क्यान्सरका बिरामी हुने हुनुपर्छ ।” तीमध्ये आधा मात्रैले उपचार पाएको जनाउँदै उहाँले कैयौंका सङ्ख्यामा अन्य कारणबाट मृत्यु भएको देखिए पनि क्यान्सर पत्ता नलागेको हुनसक्ने जानकारी दिनुभयो ।

    अस्पतालका उपनिर्देशकसमेत रहनुभएका डा शर्माले भन्नुभयो, “बच्चा ज्वरोलगायत अन्य कारणबाट मृत्यु हुन्छ, परीक्षण नहुँदा उनीहरुको क्यान्सर भएर मृत्यु भएको पनि हुनसक्छ ।” कतिपयले क्यान्सर हो भन्ने थाहा पाएपछि उपचार नै नगरी घरमा राख्ने गरेको उहाँको भनाइ छ । ‘समयमै उपचार गरे क्यान्सर निको हुन्छ’ भन्ने सन्देश प्रवाह गर्न सकेमा बिरामी अस्पतालसम्म आइपुग्ने उहाँले जानकारी दिनुभयो । नेपालमा अहिले १२ जना मात्र बाल क्यान्सर विशेषज्ञ छन् । उहाँले विशेषज्ञ चिकित्सकको सङ्ख्या बढाउन, मेडिकल कलेज र ठूला अस्पतालमा उपचार गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो “प्रादेशिक सरकारी अस्पतालमा यो सुविधा उपलब्ध गराउनुपर्छ । ”

    उहाँका अन्ुसार चितवन र काठमाडौँमा मात्रै बाल क्यान्सरको उपचार हुने गरेको छ । १० लाख बालबालिकामध्ये एक सयदेखि १५० जनामा क्यान्सर हुने गरेको जनाउँदै उहाँले समयमै पत्ता लगाएर उपचार गरे धेरैजसो बाल क्यान्सर निको हुने बताउनुभयो । उहाँले भन्नुभयो “सुरुमै शङ्का गरेर रोग छिटो पत्ता लाग्छ, छिटो पत्ता लाग्यो भने धेरैजसो बच्चाको क्यान्सर निको हुन्छ । धेरैजसो बच्चाको क्यान्सर ७५ प्रतिशत हाराहारी निको हुने गरेको छ ।”

    वयस्क र वृद्धको भन्दा बालको क्यान्सर धेरै निको पार्न सकिने उहाँको भनाइ छ । उपनिर्देशक डा शर्माले भन्नुभयो,“ बाल क्यान्सर उपचार निःशुल्क गर्नेतर्फ राज्यले ध्यान दिनु जरुरी छ ।” नेपालमा नभएका सेवा सुविधा र प्रविधि नेपालमा भित्र्याउने र चिकित्सकलाई साधनस्रोत सम्पन्न बनाउन सकियो भने बाल क्यान्सर रोगको उपचार सहज हुने उहाँको भनाइ छ ।

    अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा निभा तिवारी समयमा उपचारमा ल्याउन सकेमा ९० देखि ९५ प्रतिशत बाल क्यान्सर निको हुने जानकारी दिनुहुन्छ । बच्चामा क्यान्सर रोग पूर्ण रुपमा रोकथाम गर्न सहज नभए पनि विषादीयुक्त खानुकुरा रोक्न सकेमा घटाउन सकिने उहाँको भनाइ छ । बच्चाहरुमा रगत, हड्डी, दिमाग, ग्रन्थी लगायतमा क्यान्सर हुने गरेको उहाँको भनाइ छ ।

    जनचेतनाको अभावमा बच्चाको क्यान्सर उपचारका लागि अस्पताल आउने क्रम कम भएको जनाउँदै डा तिवारीले भन्नुभयो “विद्यालयको पाठ््यक्रममा बालबालिकालाई बाल क्यान्सरका बारेमा पढाउनुपर्छ ।” गाउँगाउँमा स्क्रिनिङ क्याम्प गर्ने, पर्चा पम्प्लेट बाँड्ने जस्ता जनचेतनामूलक कार्य गर्न सकेमा धेरैलाई उपचारको पहुँचमा ल्याउन सकिने उहाँको भनाइ छ । अहिले अस्पतालमा धेरै बच्चा अन्तिम अवस्थामा आइपुग्ने गरेको जनाउँदै उहाँले रोगको लक्षणको बारेमा व्यापक प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो ।

    बिरामी हुँदा फार्मेसीमा औषधि किनेर खाने प्रचलनका कारण धेरैको रोग पहिचान गर्न ढिलो हुने गरेको उहाँले जानकारीदिनुभयो । लामो समयसम्म ज्वरो आउने, शरीरमा गिर्खा देखिने, सुनिने, निल डाम, बिमिरा, धब्बा देखिने, शरीरका कुनै एक भागमा लामो समयसम्म सुन्निने, निको नहुने जस्ता लक्षण क्यान्सरका हुनसक्ने उहाँको भनाइ छ । पेट फुल्ने, टाउको दुख्ने, निन्द्रा नलाग्ने, लामो समयसम्म अनियन्त्रित तरिकाले वान्ता हुने जस्ता लक्षण क्यान्सरका हुने डा तिवारीले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.