मकवानपुर,२ फागुन। प्रदेश तथा जिल्लास्तरका सरकारी कार्यालयका सभा सम्मेलन तथा गोष्ठी आफ्नै सभाहलमा गर्ने उद्देश्य अनुसार निर्माण सुरु गरिएको ‘बागमती प्रदेश मुख्यमन्त्री सभाहल’ अलपत्र अवस्थामा रहेको छ । बागमती प्रदेश सरकारको लगानीमा निर्माण गरिने भनिएको सो सभाहल म्याद समाप्त हुन ३ महिना बाँकी रहँदासम्म पनि अलपत्र अवस्थामा रहेको छ । निर्माणका लागि तयार पारिएको प्लिन्थ लेभलको ढलान गर्न विछ्याइएको रडहरु खिया लागिसकेको छ भने निर्माण सामग्रीहरु असरल्ल अवस्थामा रहेको छ
मन्त्रालय र उपमहानगरपालिका आफैंको सभाहल नहुँदा विभिन्न कार्यक्रम गर्नका लागि समस्या देखिएपछि मुख्यमन्त्री सभाहल निर्माणको योजना अनुसार गत २०७७ कात्तिक १७ गते प्रदेशका तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेका थिए ।