लीलाधरको पुण्य तिथिमा श्रद्धाञ्जली सभा एवम् पुस्तिका विमोचन
न्युजभित्तो/२ फाल्गुन २०७८, सोमबार १०:१२
माडी १ फागुन । माडी क्याम्पसको आयोजनामा माडी क्याम्पसका संस्थापक अध्यक्ष एवम् विकासप्रेमी नेता लीलाधर आचार्यको ४५ दिनको पुन्य तिथिको अवसरमा श्रद्धाञ्जली सभा एवम् श्रद्धाञ्जली पुस्तिका विमोचन कार्यक्रम हिजो आइतबार माडी क्याम्पसमा सम्पन्न भयो ।
पैंतालिसौं दिनको पुण्यतिथिको अवसरमा माडी क्याम्पसले प्रकाशन गरेको श्रद्धाञ्जली पुस्तिका विमोचन गर्दै कार्यक्रमका प्रमुख अतिथि माडी नगरपालिकाका नगर प्रमुख ठाकुरप्रसाद ढकालले लिलाधर आचार्यलाई समग्र माडी विकासको अभियन्ताको रुपमा चर्चा गर्नुभयो । उहाँले अहिले लिलाधर आचार्यजस्ता विकासप्रेमी नेताको अभाव महशुस भएको बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि माडी नगरपालिकाका उपमेयर ताराकाजी महतोले माडीको शैक्षिक, राजनीतिक र सामाजिक विकासमा लीलाधर आचार्यको महत्पूर्ण योगदान रहेको चर्चा गर्दै समाज परिवर्तनमा लाग्नेहरुका लागि उहाँकोे जीवन अनुकरणीय रहेको बताउनुभयो ।
माडी क्याम्पसका उपाध्यक्ष नारायणदत्त सापकोटाको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली सभामा नेपाल कम्युनिष्ट पार्टी एमालेका बाग्मती प्रदेश कमिटी सदस्य सरस्वती बिष्ट, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका बाग्मती प्रदेश कमिटी सदस्य ऋषिराम काफ्ले, नेपाली काँङ्ग्रेसका शोभाकर चापागाई, राष्ट्रिय प्रजातन्त्र पार्टीका माडी नगर अध्यक्ष बिरु भण्डारीलगायतले माडी विकासमा लीलाधर आचार्यले गरेको योगदानको चर्चा गर्नुभयो ।
माडी क्याम्पसका संस्थापक अध्यक्ष, साविक कल्याणपुर गाविसका जनपक्षीय प्रधानपञ्च, जनकल्याण माविका पुर्व अध्यक्ष, जिल्ला विकास समितिका पुर्व सदस्य एवम् विकासप्रेमी नेता लीलाधर आचार्यको २०७८ साल पौष १६ गते निधन भएको थियो ।
माडीको समग्र विकासमा विशिष्ट योगदान गर्नुभएका स्वर्गीय लीलाधर आचार्य व्यक्तिगत र दलीय स्वार्थभन्दा माथि उठेर समाजको विकासमा अगाडि बढ्ने समन्वयकारी नेताको रुपमा परिचित हुनुहुन्छ ।