सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चाउचाउ उद्योगमा आगलागी हुँदा अर्ब बढीको क्षति


  •    न्युजभित्तो/२९ माघ २०७८, शनिबार १३:३२ 
  • झापा, २९ माघ । चिज बल्स र चाउचाउ उत्पादन गर्दै आएको झापाको थाई फुड्स उद्योगमा आगलागी भएको छ । जिल्लाको मेची नगरपालिका ढुवागढीमा रहेको उद्योगमा आज बिहान ४ बजेदेखि आगलागी भएको हो ।

    आगलागी हुँदा उद्योग परिसरमा रहेको ९० प्रतिशत सम्पत्ति जलेर नष्ट भएको बताइएको छ । हालसम्म आगो निभाउन १३ वटा दमकल प्रयोग गरिएको छ । ती दमकलले निरन्तर प्रयास गर्दा बल्लतल्ल आगो नियन्त्रणमा आएको बताइएको छ ।

    उद्योग परिसरमा भएको मुख्य तीन वटा भवनमध्ये एउटा भवन मात्र बचेको छ । बाँकी दुई वटा भवन जलेर नष्ट भएको तथा उद्योगका सबै प्लान्टहरू ध्वस्त भएको उद्योगका सञ्चालक बुद्धि प्रकाश घिमिरेले जानकारी दिए ।

    कारखानामा रहेका सबै कच्चा पदार्थ, ब्वाइलर, खाने तेलको ट्याङ्की लगायत सबै संरचना समेत नष्ट हुँदा करिब एक अर्ब रुपैयाँ बराबरको क्षति भएको घिमिरेले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाँकेका १२ सामुदायिक वनमा डढेलो
    उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो
    ‘गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु
    • देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान
    • ‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’
    • अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती
    • सुनचाँदीको मूल्य बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.