चितवन, २८ माघ। जिल्लामा कुखुरामा लाग्ने बर्डफ्लू रोगको संक्रमण देखिएको छ । राप्ती नगरपालिका वडा नं. ६ स्थित अनिता पशुपक्षी कृषि फर्ममा बर्डफ्लू देखिएको हो ।
प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कुखुरा मर्न थालेपछि माघ २५ गते नमूना संकलन गरी काठमाण्डौं पठाईएकोमा बिहीबार सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार बर्डफ्लूको एचपाईभ एनवान सङ्क्रमण देखिएको हो ।
उक्त फर्ममा २ हजार कुखुरा रहेका छन् । उक्त फर्मको एक सय मिटर वरपर रहेका पक्षी नष्ट गर्ने काम आज हुने उहाँले बताउनुभयो । फर्मको दुई किलोमिटर वरपर निगरानी राख्दै बेचबिखनमा रोक लगाईने उहाँको भनाई छ । शंकास्पद फर्महरुको नमूना संकलन गरी परीक्षण गरिने उहाँले बताउनुभयो ।
बर्डफ्लू रोकथाम तथा नियन्त्रण समिति चितवनको आज बसेको बैठकले बर्डफ्लू नियन्त्रण नियमावली २०७८ अनुसार नियन्त्रणको काम अघि बढाउने निर्णय गरेको उहाँको भनाई छ ।