सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मन्त्रालयको नीति योजना महाशाखामा को आउँदैछन्? को-को छन् चर्चामा?


  •    न्युजभित्तो/२७ माघ २०७८, बिहीबार १३:०६ 
  • काठमाडौँ,२७ माघ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निकै महत्वपूर्ण महाशाखा हो नीति, योजना तथा अनुगमन महाशाखा। उक्त महाशाखाको प्रमुख पद भने यतिबेला रिक्त छ। माघ १६ गते महाशाखाका प्रमुख डा तारा पोखरेलले उमेरका आधारमा अनिवार्य अवकाश पाएपछि उक्त पद रिक्त भएको हो।

    मन्त्रालयले उक्त पदमा अहिलेसम्म कोही कर्मचारी सरुवा गरेर पठाएको छैन। मन्त्रालय र मन्त्रालय अन्तर्गतकै निकायका ११औं तहका धेरै कर्मचारीहरु उक्त पदमा आउन इच्छा व्यक्त गरिरहेका छन्।

    मन्त्रालयमा अहिले उक्त पदमा को आउँछ भन्ने विषयमा हरेक दिन छलफल समेत हुने गरेको छ। डा पोखरेलले अवकाश पाउनु अघिदेखि नै उक्त पदमा आउन सक्ने सम्भावित आधा दर्जन कर्मचारीका नामका विषयमा छलफल भएको थियो। पछिल्लो केही दिन यता भने उक्त महाशाखामा आउन सक्ने सम्भावित तीन जना नामका विषयमा बढी चर्चा हुन थालेको छ।

    स्वास्थ्यमन्त्री विरोध खतिवडा निकट स्रोतका अनुसार उक्त महाशाखामा आउने सम्भावनाको पहिलो नम्बरमा रहेका छन् इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेल। ‘डा पौडेललाई नीति,योजना महाशाखामा ल्याउने लगभगभ पक्का जस्तै भएको छ,’ स्रोतले भन्यो, ‘उहाँसँगै अन्य केही कर्मचारीले पनि इच्छा देखाएकाले छलफल भने चलिनै रहेको छ।’

    महाशाखामा सरुवा गरेर ल्याउने विषयमा छलफल चलेको अरु दुई नाम हो मन्त्रालयकै स्वास्थ्य समन्वय महाशाखाकी प्रमुख डा संगीता मिश्रा र गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा मदन उपाध्याय। तर उनीहरु दुईजना भन्दा मन्त्रीले डा पौडेललाई नै महाशाखामा ल्याउन सकारात्मक देखिएको स्रोत बताउँछ।

    महाशाखामा लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवका रुपमा कार्यरत डा विकास देवकोटा पनि आउन सक्ने सम्भावित सूचीमा छन्। तर डा देवकोटाले वैशाखअघि काठमाडौं नआउने संकेत दिएपछि उनको नाम अहिले सूचीबाट हटाइएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.