सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्थानीय तहमा तदर्थ समिति गठन गर्न महन्थ ठाकुरको निर्देशन


  •    न्युजभित्तो/२६ माघ २०७८, बुधबार १६:४९ 
  • काठमाडौँ,२६ माघ। लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले स्थानीय तहको पालिका संयोजक तोकेर तदर्थ समिति गठन गर्न पार्टीका जिल्ला कमिटीलाई निर्देशन दिएका छन् । स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै अध्यक्ष ठाकुरले सो निर्देशन दिएका हुन् । जनता समाजवादी पार्टी नेपालबाट अलग भएर लोसपा गठन गरेपछि प्रदेश, जिल्ला, पालिका समायोजन हुन बाँकी छ । तर चुनावको मिति घोषणा भइसकेकाले तत्कालै तदर्थ समिति गठन गर्न उनले निर्देशन दिएका हुन् ।

    पालिकाको तदर्थ समिति गठन गरी केन्द्रलाई जानकारी गराउने त्यसपछि वडा समितिहरु गठन गर्न निर्देशन दिँदै अध्यक्ष ठाकुरले यस्ता पालिका र वार्ड समितिहरु गठन गर्दा यथाशक्य सबैलाई समेटेर समावेशिताको सिद्धान्तलाई समेत मध्येनजर गर्दै आवश्यक परे विधानमा तोकिएको संख्यामा ५० प्रतिशत थप गरी गठन गर्न सकिने बताएका छन् ।

    उनले इकाई ९पालिका० अध्यक्ष मात्र स्थानीय तहको दावेदार हुने होइन, योग्य उम्मेदवारलाई पार्टीद्वारा उम्मेदवारका लागि टिकट दिइन सन्देश पुर्याएर समेत तदर्थ समिति गठन गर्न पनि निर्देशन दिएका छन् । साथै उपमहानगर पालिका र महानगर पालिकाको तदर्थ समिति केन्द्रबाट नै गठन हुने समेत उनले स्पष्ट पारेका छन्

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.