सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सम्पादक समाजले पत्रकारद्वय बानियाँ र नेपाललाई पुरस्कृत गर्ने


  •    न्युजभित्तो/२६ माघ २०७८, बुधबार १०:५१ 
  • काठमाडौँ,२६ माघ। सम्पादक समाज नेपालले पत्रकार राजेन्द्र बानियाँ र विष्णुप्रसाद नेपाललाई पुरस्कृत गर्ने भएको छ । समाजका संस्थापक अध्यक्ष गोविन्द वियोगीको स्मृतिमा स्थापना गरिएको गोविन्द वियोगी पत्रकारिता पुरस्कार यस वर्ष हिमालय टेलिभिजनका समाचार प्रमुख बानियाँलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

    सो पुरस्कारको राशि रु २५ हजार रहेको छ । यसैगरी बैठकले गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ सम्पादक नेपाललाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारको राशि रु १५ हजार एक रहेको छ ।

    सम्पादक समाज नेपालले पत्रकारिताका क्षेत्रमा लामो समय योगदान पुर्याउने पत्रकारलाई सम्मान गर्दै आएको छ । यस वर्ष सम्पादक समाज सम्मान वरिष्ठ पत्रकार मल्ल के सुन्दर, पुरुषोत्तम दाहाल र कृष्णा ताम्राकारलाई प्रदान गर्ने निर्णय गरेको समाजका महासचिव श्याम डोटेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    सम्पादक समाज नेपालका संस्थापक अध्यक्ष वियोगीको निधनपश्चात २०६२ सालमा स्थापना भएका यी पुरस्कार र सम्मान हरेक वर्ष गोविन्द वियोगी स्मृति दिवसका अवसर पारेर माघको पहिलो हप्ता प्रदान गरिँदै आएकामा कोभिड–१९ का कारण गत वर्ष पुरस्कार र सम्मान कार्यक्रम स्थगन गरिएको थियो ।

    यस वर्ष पनि पुसदेखि नै नेपालमा कोभिड–१९ को तेस्रो लहर प्रारम्भ भएकाले निर्धारित समयलाई परिवर्तन गर्दै कोभिड–१९ को सङ्क्रमण घटेपछि र जिल्ला प्रशासन कार्यालयले भीडभाड नियन्त्रणका लागि जारी गरेको आदेश फिर्ता भएपछि सम्मान कार्यक्रम आयोजना गरिने सम्पादक समाजले निर्णय गरेको छ ।

    समाजको बैठकले यस वर्षको कार्यक्रम शिवपुरी–७ सूर्यचौरमा निर्माण भइरहेको आफ्नै भवन गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्रको सभाकक्षमा आयोजना गर्ने निर्णय गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.