सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सम्पादक समाजले पत्रकारद्वय बानियाँ र नेपाललाई पुरस्कृत गर्ने


  •    न्युजभित्तो/२६ माघ २०७८, बुधबार १०:५१ 
  • काठमाडौँ,२६ माघ। सम्पादक समाज नेपालले पत्रकार राजेन्द्र बानियाँ र विष्णुप्रसाद नेपाललाई पुरस्कृत गर्ने भएको छ । समाजका संस्थापक अध्यक्ष गोविन्द वियोगीको स्मृतिमा स्थापना गरिएको गोविन्द वियोगी पत्रकारिता पुरस्कार यस वर्ष हिमालय टेलिभिजनका समाचार प्रमुख बानियाँलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

    सो पुरस्कारको राशि रु २५ हजार रहेको छ । यसैगरी बैठकले गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ सम्पादक नेपाललाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारको राशि रु १५ हजार एक रहेको छ ।

    सम्पादक समाज नेपालले पत्रकारिताका क्षेत्रमा लामो समय योगदान पुर्याउने पत्रकारलाई सम्मान गर्दै आएको छ । यस वर्ष सम्पादक समाज सम्मान वरिष्ठ पत्रकार मल्ल के सुन्दर, पुरुषोत्तम दाहाल र कृष्णा ताम्राकारलाई प्रदान गर्ने निर्णय गरेको समाजका महासचिव श्याम डोटेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    सम्पादक समाज नेपालका संस्थापक अध्यक्ष वियोगीको निधनपश्चात २०६२ सालमा स्थापना भएका यी पुरस्कार र सम्मान हरेक वर्ष गोविन्द वियोगी स्मृति दिवसका अवसर पारेर माघको पहिलो हप्ता प्रदान गरिँदै आएकामा कोभिड–१९ का कारण गत वर्ष पुरस्कार र सम्मान कार्यक्रम स्थगन गरिएको थियो ।

    यस वर्ष पनि पुसदेखि नै नेपालमा कोभिड–१९ को तेस्रो लहर प्रारम्भ भएकाले निर्धारित समयलाई परिवर्तन गर्दै कोभिड–१९ को सङ्क्रमण घटेपछि र जिल्ला प्रशासन कार्यालयले भीडभाड नियन्त्रणका लागि जारी गरेको आदेश फिर्ता भएपछि सम्मान कार्यक्रम आयोजना गरिने सम्पादक समाजले निर्णय गरेको छ ।

    समाजको बैठकले यस वर्षको कार्यक्रम शिवपुरी–७ सूर्यचौरमा निर्माण भइरहेको आफ्नै भवन गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्रको सभाकक्षमा आयोजना गर्ने निर्णय गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.