सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन निर्वाचन कार्यालयलाई चुनाव लाग्यो, चार लाख बढीको मतदाता सूचीलाई रुजु गर्दै


  •    न्युजभित्तो/२५ माघ २०७८, मंगलवार १६:२६ 
  • चितवन, माघ २५। कार्यालयले मतदाता नामावलीको काम रोकेर संकलित मददाताको सूचीलाई रुजु गरी निर्वाचन आयोग पठाउने गरी काम सुरु गरेको हो ।

    सोमबार सरकारले निर्वाचन घोषणा गरेकै दिन सोमबार निर्वाचन कार्यालयमा झण्डै २०० जना मतदाता नामावलीमा नाम दर्ताको लागि आएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ आजबाट मतदाता नामावली दर्ता रोकिएको छ । अब बाहिरी काम रोकिए पनि हामी आन्तरिकरुपमा निर्वाचनको तयारीको लागि व्यस्त हुनेछौं । संकलित मतदाताको सूचीलाई पुनःपरीक्षण गरेर निर्वाचन आयोगमा पठाउने तयारी गर्दै छौं ।’ कार्यालयका तथ्यांकअनुसार चितवनमा चार लाख पाँच हजार मतदाता रहेका छन् । सबै मतदाताको सूचीलाई रुजु गरेर निर्वाचन आयोगमा पठाइन्छ । कार्यालय प्रमुख कार्कीले, ‘निर्वाचन आयोगले हाम्रो मतदाताको सूची हेरेपछि फोटोसहित हामीलाई फिर्ता पठाउँछ । फिर्ता भएको सूचीलाई हामीले स्थानीय तहका वाड वाडमा टास्नेछौं । केही दाबी विरोध भएपछि त्यसलाई सच्याएर पुनः आयोग पठाएपछि बल्ल मतपत्र छपाइका काम सुरु हुनेछन् ।’ उनले निर्वाचन घोषणाको दिनसम्म १८ वर्ष पुगेकोले मात्र निर्वाचनमा सहभागी हुन पाउने बताए ।
    निर्वाचन आचारसंहिताअनुसार चितवन निर्वाचन कार्यालयलाई आजदेखि मतदाता नामावली संकलन कार्य रोक्न र हालसम्मको विवरण पठाउन निर्वाचन आयोगले निर्देशन दिएको छ । कानुनी व्यवस्थाअनुसार निर्वाचनको मिति घोषणापछि मतदाता नामावली संकलन गर्न पाइँदैन । सोहीअनुसार आयोगले उक्त कार्य रोकेको हो । हालसम्म देशभर एक करोड ९० लाख जनाले मतदाता नामावलीमा नाम समावेश गराएको आयोगको प्रारम्भिक तथ्यांक छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.