सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरका विद्युत, टेलिफोन र ईन्टरनेट तार भूमिगत गर्ने तयारी


  •    न्युजभित्तो/२४ माघ २०७८, सोमबार १७:०० 
  • चितवन, माघ २४। भरतपुरका विभिन्न क्षेत्रका विद्युतीय, टेलिफोन र ईन्टरनेट तार भूमिगत हुने भएको छ । अबको दुई वर्ष भित्र पुलचोकबाट पारस बसपार्क, आपटाँरी हुँदै पुलचोकसम्मका विद्युतीय तार पहिलो चरणमा भूमिगत हुने भएको हो ।

    विद्युत कार्यालय आपटाँरी सबस्टेसनका इञ्जिनियर विनोद सापकोटाले पारस बसपार्कदेखि गोन्द्राङसम्म ३३ केभी पनि भूमिगत हुने योजना रहेको जानकारी दिए । २०२१ अक्टोबर ८ तारिखमा आयोजनाको सम्झौतामा हस्ताक्षर भए बमोजिम भारतको टाटा कम्पनीले यसको जिम्मा लिएको छ ।
    तार भूमिगत गर्नका लागि सर्वेक्षणको काम भइरहेको सापकोटाले बताए । उनले परियोजना डिजाइनको प्रक्रियामा रहेकोले यो काम सकिएपछि निर्माणमा लाग्ने बताए । तार भूमिगत गर्नका लागि नेपाली करिब २५० करोड रुपैयाँ अनुमानित बजेट लाग्ने जनाइएको छ ।

    प्राधिकरणले एसियाली विकास बैँकको ऋण सहयोगमा महानगरपालिकाका २९ वटै वडामा भूमिगत विद्युत वितरण प्रणालीको योजना निर्माण कार्य अघि बढाएको हो । महानगरपालिका सबै क्षेत्रमा भूमिगत विद्युत वितरण गर्ने लक्ष्य रहे पनि त्यसलाई चरणबद्ध रुपमा काम अघि बढाउने योजना प्राधिकरणको रहेको छ । काठमाडौं महानगरपालिकापछि विद्युत् लाइन भूमिगत गर्ने योजनामा भरतपुरलाई प्राथमिकतामा राखिएको छ । शहरी सौन्दर्यता समेत कायम गर्ने गरी यो क्षेत्रमा पहिलो चरणमा काम गरिने महानगरपालिकाकी मेयर रेनु दाहालले विभिन्न कार्यक्रममा बताउँदै आएकी छन् ।

    प्राधिकरणले भूमिगत तार बिछ्याउँदा नेपाल टेलिकम, केबुल प्रदायक कम्पनी र इन्टरनेट कम्पनीसँग पनि समन्वय गर्ने योजना बनाएको छ । उनीहरु सबैका तारलाई क्यानलबाट घुसाउने योजना रहेको विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ । विद्युतसहित इन्टरनेट र टेलिकमका तारहरु पनि भूमिगत गर्दा भरतपुर र नारायणगढ बजारको सौन्दर्यकरण भइ आर्कषक देखिने बताइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.