सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरका विद्युत, टेलिफोन र ईन्टरनेट तार भूमिगत गर्ने तयारी


  •    न्युजभित्तो/२४ माघ २०७८, सोमबार १७:०० 
  • चितवन, माघ २४। भरतपुरका विभिन्न क्षेत्रका विद्युतीय, टेलिफोन र ईन्टरनेट तार भूमिगत हुने भएको छ । अबको दुई वर्ष भित्र पुलचोकबाट पारस बसपार्क, आपटाँरी हुँदै पुलचोकसम्मका विद्युतीय तार पहिलो चरणमा भूमिगत हुने भएको हो ।

    विद्युत कार्यालय आपटाँरी सबस्टेसनका इञ्जिनियर विनोद सापकोटाले पारस बसपार्कदेखि गोन्द्राङसम्म ३३ केभी पनि भूमिगत हुने योजना रहेको जानकारी दिए । २०२१ अक्टोबर ८ तारिखमा आयोजनाको सम्झौतामा हस्ताक्षर भए बमोजिम भारतको टाटा कम्पनीले यसको जिम्मा लिएको छ ।
    तार भूमिगत गर्नका लागि सर्वेक्षणको काम भइरहेको सापकोटाले बताए । उनले परियोजना डिजाइनको प्रक्रियामा रहेकोले यो काम सकिएपछि निर्माणमा लाग्ने बताए । तार भूमिगत गर्नका लागि नेपाली करिब २५० करोड रुपैयाँ अनुमानित बजेट लाग्ने जनाइएको छ ।

    प्राधिकरणले एसियाली विकास बैँकको ऋण सहयोगमा महानगरपालिकाका २९ वटै वडामा भूमिगत विद्युत वितरण प्रणालीको योजना निर्माण कार्य अघि बढाएको हो । महानगरपालिका सबै क्षेत्रमा भूमिगत विद्युत वितरण गर्ने लक्ष्य रहे पनि त्यसलाई चरणबद्ध रुपमा काम अघि बढाउने योजना प्राधिकरणको रहेको छ । काठमाडौं महानगरपालिकापछि विद्युत् लाइन भूमिगत गर्ने योजनामा भरतपुरलाई प्राथमिकतामा राखिएको छ । शहरी सौन्दर्यता समेत कायम गर्ने गरी यो क्षेत्रमा पहिलो चरणमा काम गरिने महानगरपालिकाकी मेयर रेनु दाहालले विभिन्न कार्यक्रममा बताउँदै आएकी छन् ।

    प्राधिकरणले भूमिगत तार बिछ्याउँदा नेपाल टेलिकम, केबुल प्रदायक कम्पनी र इन्टरनेट कम्पनीसँग पनि समन्वय गर्ने योजना बनाएको छ । उनीहरु सबैका तारलाई क्यानलबाट घुसाउने योजना रहेको विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ । विद्युतसहित इन्टरनेट र टेलिकमका तारहरु पनि भूमिगत गर्दा भरतपुर र नारायणगढ बजारको सौन्दर्यकरण भइ आर्कषक देखिने बताइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.