सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दक्षिण कोरियामा संक्रमितको संख्या अहिले सम्मकै धेरै


  •    न्युजभित्तो/१९ माघ २०७८, बुधबार १६:३५ 
  • काठमाडौं,१९ माघ। दक्षिण कोरियामा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या अहिलेसम्मकै सवैभन्दा धेरै भएको छ। सरकारी अधिकारीहरुले दिएको जानकारीनुसार पछिल्लो एक दिनमा दक्षिण कोरियामा २० हजार २७० जना नयाँ संक्रमित थपिएका हुन्।

    कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको संक्रमण तिव्र रुपमा फैलिएकाले दैनिक संक्रमितको संख्या अहिलेसम्मकै धेरै भएको जनाइएको छ। यसअघि एक दिनमा १८ हजार ३४२ जना कोरोना भाइरसबाट संक्रमित भएको विवरण सार्वजनिक गरिएको थियो। दैनिक संक्रमितको संख्या २० हजार नाघेको बुधबार पहिलो पटक हो।

    दक्षिण कोरियामा कोरोना भाइरसबाट अहिलेसम्म संक्रमितको कुल संख्या आठ लाख ८४ हजार ३१० पुगेको छ। नयाँ संक्रमित मध्ये चार हजार १८६ जना राजधानी सोलमै भेटिएका हुन्। भाइरसको फैलावट ग्रामिण क्षेत्रमा पनि धेरै भएको अधिकारीहरुले जनाएका छन्।

    अहिले संक्रमित अवस्थामै रहेकाहरु मध्ये २७८ जनाको अवस्था गम्भीर रहेको र उनीहरुको उपचार भइरहेको जनाइएको छ। कोरियामा पछिल्लो एक दिनमा कोरोनाका कारण १५ जनाको मृत्यु भएको छ। योसँगै अहिलेसम्म कुल मृतकको संख्या छ हजार ७८७ पुगेको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.