सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रवासबाट मतदानको व्यवस्था गर्न माग : सरकार, निर्वाचन आयोग र दुतावासहरुमा ज्ञापनपत्र बुझाईदै


  •    न्युजभित्तो/९ माघ २०७८, आईतवार ११:४० 
  • अष्ट्रेलिया, ९ माघ । प्रवासमा रहेका नेपालीहरुले प्रवासबाटै मतदान गर्न पाउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । उनीहरुले ध्यानाकर्षण गराउन सरकार, निर्वाचन आयोग र दुतावासहरुमा ज्ञापनपत्र बुझाउने भएका हुन् ।

    प्रवासी नेपाली मञ्चले जनवरी २४ मा नेपालमा नेपाल सरकार र निर्वाचन आयोग तथा विश्वभर रहेका नेपाली दुतावासहरुमा ज्ञापन पत्र बुझाउने भएको हो ।प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सचिव रमेश पाण्डेले नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिएको रेमिट्यान्स भित्राउने प्रवासीहरुलाई देशको नेतृत्व निर्माणमा चाहि बाहिर राख्नु अन्याय भएकाले मञ्चले प्रवासबाटै मतदान गर्न सक्ने व्यवस्था गर्न माग गर्दै नेपाल सरकार र निर्वाचन आयोगमा ज्ञापन पत्र बुझाउन लागेको बताउनुभयो ।

    उहाँले नेपालमा परराष्ट्र मन्त्री नारायण खड्का र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाइ ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको र प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटघाटको लागि सचिवालयमा कुराकानी भैरहेको बताउनु भयो । प्रवासमा विश्वभरि रहेका नेपाली दुतावासहरु मार्फत पनि ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

    प्रवासमा नेपाली पासपोर्ट, नागरिकता वा परिचयपत्रका आधारमा प्रवासबाटै मतदान गर्न पाउनु पर्ने उहाँको भनाई छ । अमेरिका अष्ट्रेलिया लगायतका विश्वका धेरै देशहरुले निर्वाचनका बेलामा प्रवासमा रहेका नागरिकहरुलाई मतदान गर्ने व्यवस्था गरेको उदाहरण दिदै उहाँले नेपालमा रेमिट्यान्स भित्रायर नयाँ नेपाल निर्माणमा योगदान गरेका प्रवासीहरुलाई नेतृत्व निर्माणमा पनि सहभागी गराउनु पर्ने बताउनुभयो ।

    सचिव पाण्डेले सम्मानित सर्वोच्च अदालतले समेत प्रवासीहरुलाई मतदानको व्यवस्था गर्न आदेश जारी गरेको सन्दर्भमा हालसम्म पनि व्यवस्था नहुनु दुखद रहेको बताउनुभयो । उहाँले विदेशमा रहेर देशको अर्थतन्त्र धानिरहेका नवयुवालाई देशको नेतृत्व निर्माणमा समेत योगदान गर्ने वातावरण बनाउने अभियान मञ्चले शुरु गरेको र सबैको सहयोग रहेमा पुरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    यसै क्रममा प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष केशव जोशीले दिएको जानकारी अनुसार प्रवासीहरुका लागि मतदानका लागि माग गर्दै अष्ट्रेलियाको राजधानी क्यानवेरा स्थित नेपाली दुतावासमा ज्ञापनपत्र बुझाइने भएको छ । जोशीका अनुसार मञ्चको अन्तर्राष्ट्रिय कमिटीले तोके बमोजिम आगामी सोमवार स्थानीय समय अनुसार दिनको तीन बजे पत्र बुझाउने कार्यक्रम रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
    आज २५ अर्बको ऋणपत्र जारी हुँदै
    आलेखः गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
    • रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
    • विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
    • तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
    • बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.