सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रिय महिला भलिबलको उपाधि पुलिसले जित्यो


  •    /१६ भाद्र २०७६, सोमबार २२:४० 
  • कास्की । नेपाल पुलिस क्लबले राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । नव आदर्श सामुदायिक विकास समाज पोखरा–१९ को आयोजनामा तीज महोत्सवका अवसरमा आयोजना गरिएको प्रतियोगिताको आज भएको फाइनल खेलमा विभागीय नेपाल पुलिसले हङ वाङगी न्यू—डाईमण्ड एकेडेमी काठमाडौँलाई सोझो सेटमा पराजित गरी उपाधि जितेको हो ।

    पुलिसले डाइमण्डलाई २५—१६, २५—१४ र २५—२० को सेटमा पराजित गरी दोस्रो पटक उपाधि जित्न सफल भई रु एक लाख १५५ पुरस्कार प्राप्त गर्यो । त्यसैगरि उपविजेता बनेको डाइमण्डले रु ६५ हजार पाँच प्राप्त गरेको छ । प्रतियोगितामा छ टोलीको सहभागिता रहेको थियो । तेस्रो स्थानका लागि भएको प्रतिष्पर्धामा घरेलु टोली गण्डकी प्रदेश तेस्रो भयो । गण्डकीले श्रीराम खेलकूद विकास समिति दाङलाई २५—१३, २५—२० र २५—१८ को सेटमा पराजित गरेको हो । तेस्रो भएको गण्डकीले रु २५ हजार पाँचका साथमा शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्यो ।

    प्रतियोगिताको उत्कृष्ट खेलाडीमा नेपाल पुलिसकी मनिसा चौधरी घोषित भइन् । त्यसैगरी प्रतियोगितामा पुलिसकी सुशीला थापा, उत्कृष्ट सेटर, उत्कृष्ट लिब्रोमा गण्डकी प्रदेशकी रश्मिता दुरा, उत्कृष्ट स्पाइकरमा पुलिसकी कोपिला उप्रेती, उत्कृष्ट सर्भरमा न्यू डाइमण्डकी झर्ना श्रेष्ठ, उत्कृष्ट क्वीकरमा गण्डकी प्रदेशकी पवित्रा सेन्चुरी, उत्कृष्ट ब्लकरमा पुलिसकी पुष्पा चौधरी घोषित भइन् । विजयी खेलाडीहरुलाई युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, नेपाल भलिबल सङ्घका उपाध्यक्ष यमबहादुर गुरुङलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

    सो अवसरमा मन्त्री विश्वकर्माले तल्लो तहबाटनै खेल क्षेत्रको विकास र समृद्धिका लागि वर्तमान सरकारले योजना बनाएको बताउनुभयो । आगामी १३औँ दक्षिण एशियाली खेलूकदका सात खेल पोखरामा आयोजना हुने भएकाले बजेट अभाव हुन नदिई समयमै पूर्वाधार निर्माण गरिने उहाँले स्पष्ट पार्नुभयो ।

    त्यसैगरी, बाघमारा युवा संगम समूहद्वारा पोखरामा आयोजित तीज महोत्सव तथा स्व रवीन्द्र स्मृति भलिबल प्रतियोगिताको उपाधि मातृभूमी युवा क्लब सिंगारेवासले जितेको छ । प्रतियोगितामा द्वितीय र तृतीय स्थान क्रमशः बाघमारा युवा सङ्गम समूह, बाघमारा र सिर्जनशिल युवा क्लब भर्तिपोखरा समूहले हासिल गरेका छन् । प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय समूहलाई गण्डकी प्रदेशसभाका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले क्रमश : रु २० हजार, रु १० हजार र रु पाँच हजारसहित मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनबाट बाघ पर्सा पठाइयो
    मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
    स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम
    • विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिँदै
    • ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    • न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    • साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.