सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन जिल्ला लिग : गीतानगरलाई हराउँदै सौराहा तालिकाको दोस्रो स्थानमा उक्लियो


  •    न्युजभित्तो/३० पुष २०७८, शुक्रबार १६:३२ 
  • चितवन, ३० पुस । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा सौराहा युवा समाजले पहिलो जित हात पारेको छ ।

    आज (शुक्रबार) भएको पहिलो खेलमा साबिक बिजेता सौराहाले वातासिनो जि ब्वाइज गीतानगरलाई ३-२ ले पराजित गर्‍यो । प्रतिस्पर्धात्मक खेलमा सौराहालाई जिताउन रबिन दराई, प्रताप भट्ट र सन्तोष कोइरालाले गोल गरे । गीतानगरका सोमबहादुर श्रेष्ठ र पदमबहादुर नेपालीले एक-एक गोल फर्काए ।

    सौराहाले खेलको पाँचौ मिनेटमा नै अग्रता लिएको थियो । रबिन दराईले गोल गर्दै सौराहालाई सुरुवाती अग्रता दिलाएका थिए । १८ औं मिनेटमा गीतानगरले गोल फर्कायो । गीतानगरका सोमले गोल गर्दै खेलमा १-१ को बराबरी गरे । पहिलो हाफमा नै सौराहाले फेरि अग्रता लियो । २६ औं मिनेटमा मैदान प्रवेश गरेका प्रतापले ३९ औं मिनेटम सुन्दर गोल गर्दै सौराहालाई २-१ को अग्रता दिलाए ।

    दोस्रो हाफमा दुबै टोलीले एक-एक गोल गरे । ५५ औं मिनेटमा मैदान प्रवेश गरेका सन्तोषले ५७ औं मिनेटमा गोल गर्दै सौराहाको अग्रता ३-१ मा पुराए । ६१ औं मिनेटमा गीतानगरले गोल गर्‍यो । सौराहाका कप्तान अनिल महतोले गीतानगरका खेलाडीलाई डिबक्स भित्र फल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । प्राप्त अवसरमा पदमले गोल गरे । खेलको अन्तिम समयमा प्राप्त केहि अवसर सदुपयोग गर्न नसल्दा गीतानगर पराजित भयो ।

    खेलको म्यान अफ दि म्याच सौराहाका प्रताप भट्ट चुनिए । यो जितसँगै सौराहा समूह ‘ए’ को दोस्रो स्थानमा उक्लिएको छ । उसको ४ खेलबाट ६ अंक भएको छ । यो हारपछि गीतानगरलाई भने रेलिगेसनको खतरा भएको । समान खेल खेलेको गीतानगरको एक अंक छ ।
    image.png

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.