सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बराबरी खेल्दै सौराहा र नारायणगढले अंक बाँडे


  •    न्युजभित्तो/२४ पुष २०७८, शनिबार १४:०८ 
  •  

    चितवन, २४ पुस । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा सौराहा युवा समाज फेरि बराबरीमा रोकिएको छ । आज (शनिबार) भएको पहिलो खेलमा सौराहा नारायणगढ फुटबल क्लब नारायणगढसंग १-१ को बराबरीमा रोकिएको हो ।

    जारी लिगमा सौराहाको यो लगातार दोस्रो बराबरी हो । सौराहा यसअघि पहिलो खेलमा नारायणी मोटर्स युनिक क्लब बसेनीसंग २-२ को बराबरीमा रोकिएको थियो ।

    लगातार दोस्रो बराबरीपछि समूह ‘ए’ मा २ अंक बटुलेको छ । एनएफसी भने पहिलो खेलमा केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी) संग ४-० ले पराजित भएको छ । आजको बराबरीपछि एनएफसीको एक अंक भएको छ ।

    प्रतिस्पर्धात्मक खेलमा एनएफसीले पहिलो हाफमा अग्रता लिएको थियो । खेलको १० औं मिनेटमा दीपजङ्ग तामाङले गोल गर्दै एनएफसलाई अग्रता दिलाएका थिए । तर एनएफसीको अग्रता पहिलो हाफसम्म मात्रै सीमित रह्यो ।

    दोस्रो हाफमा सौराहाले बराबरी गोल फर्कायो । ५९ औं मिनेटमा सन्जय चौधरीले गोल गर्दै खेलमा बराबरी गरे । खेलको म्यान अफ दि म्याच एनएफसीका सागर लोप्चम घोषित भए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.