सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सागका लागि महिला भलिबल खेलाडी छनोट


  •    /१५ भाद्र २०७६, आईतवार १८:५० 
  • काठमाडौँ । नेपाल भलिबल सङ्घले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) का लागि महिला भलिबल खेलाडी छनोट गरेको छ । साउन १ गतेदेखि बन्द प्रशिक्षणमा रहेका २५ खेलाडीबाट प्रारम्भिक चरणमा १८ खेलाडी छनोट गरिएको हो ।    
        
    आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई आधार मानेर यसअघि १३औँ सागका लागि २५ खेलाडी छनोट गरिएको थियो । प्रारम्भिक चरणमा केही नियमित खेलाडी टिममा पर्न असफल भएका थिए । नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दका अनुसार छनोट हुने खेलाडीमा प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, शान्ति थारु, उनिषा भण्डारी, आरती सुवेदी, अरुणा शाही, जानकी भम्गारी, कमला पुन, रेश्मा भण्डारी, पुनम चन्द, संगम महतो, सलिना श्रेष्ठ, शान्ति तामाङ, सोफिया पुन, उषा विष्ट, सुनिता खड्का र हिरा केसी छन् ।    
        
    त्यसैगरी, लक्ष्मी कुमाल, ममता डगौरा, कविता भट्ट, यमकली कँुवर मगर, पुष्पा शाही, सरस्वती कट्टेल र चन्द्रकला खरेल छन् । नेपाली महिला भलिबल टोलीलाई मुख्य प्रशिक्षक सलिना श्रेष्ठ तथा प्रशिक्षकत्रय जगदिशप्रसाद भट्ट, भरत यादव र उमादेवी गुरुङले प्रशिक्षण दिँदै आएको नेपाल भलिबल सङ्घका केन्द्रीय सदस्य टेककुमार राजभण्डारीले जानकारी दिनुभयो । 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.