सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग : गीतानगरविरुद्ध माडीको सहज जित


  •    न्युजभित्तो/२१ पुष २०७८, बुधबार १६:२४ 
  • चितवन, २१ पुस । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा माडी ११ ले गीतानगर ब्वाइजविरुद्ध सहज जित निकालेको छ ।

    आज (बुधबार) भएको पहिलो खेलमा माडीले गीतानगरलाई ४-१ ले पाखा लगायो ।

    माडीको जितमा सुमन महतोले दुई तथा किशोर चौधरी र विशाल सुनारले समान एक-एक गोल गरे । गीतानगरका सोमकुमार श्रेष्ठले एक गोल फर्काए । खेलको पहिलो हाफमा गीतामगरविरुद्ध माडी हाबी भएको थियो ।

    पहिलो हाफको अतिरिक्त समयमा माडीले गोल गर्दै अग्रता लियो । माडीका सुमन महतोले सुन्दर गोल गर्दै पहिलो हाफमा अग्रता दिलाए । त्यस अघि पहिलो हाफमै माडीले गोल गर्ने केही अवसर खेर फाल्यो । गीतानगरले पनि पहिलो हाफमा केहि अवसर खेर फालेको थियो ।

    पहिलो हाफमा १-० ले पछि परेको गीतानगरले दोस्रो हाफमा लयमा फर्कियो । खेलको ४८औं मिनेटमा गीतानगरका सोम बहादुर श्रेष्ठले रिबाउन्डमा गोल गर्दै खेलमा बराबरी गरे ।

    अन्तिम १५ मिनेटमा गीतानगरविरुद्ध माडी फेरि हाबी भयो । खेलको ६७ औं मिनेटमा माडीले अग्रता लियो । माडीका सुमन महतोले व्यक्तिगत दोस्रो गोल गर्दै माडीलाई २-१ को अग्रता दिलाए ।

    गीतानगरविरुद्ध लगातार आक्रमण गरेको माडीले ७१ औं मिनेटमा अग्रता लम्बायो । ७१ औं मिनेटमा किशोर चौधरीले गोल गर्दै माडीलाई ३-१ को अग्रता दिलाए । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका विशाल सुनारले दोस्रो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा गोल गर्दै माडीलाई ४-१ को सहज जित दिलाए ।

    खेलको म्यान अफ दि म्याच माडीका लागि दुई गोल गरेका किशोर महतो घोषित भए । यो जितसंगै माडीले समूह ‘ए’ मा स्पष्ट ३ अंक बटुलेको छ । आजकै दोस्रो खेलमा दुई हेविवेट क्लब केबीए ग्लोबल भरतपुर फुटबल क्लब (बीएफसी) र नारायणगढ फुटबल क्लब (एनएफसी) भिड्नेछन् । खेल दिउँसो ३:३० बजे कृष्णपुर रंगशालामा हुनेछ ।

    चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी लिग माघ ८ गतेसम्म चल्नेछ । लिगमा १३ टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा बिभाजन गरिएको छ । राउन्ड एण्ड रोबिनको आधारमा हुने लिगमा दुबै समूहबाट शिर्ष २ मा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछ । दुबै समूहबाट पुछारमा रहने एक-एक टोली रेलिगेशनमा पर्नेछ र बी डिभिजनमा घटुवा हुनेछ ।

    लिग बिजेताले ट्रफीसहित एक लाख पाउनेछ भने उपबिजेताले ५० हजार प्राप्त गर्नेछ । तेस्रो र चौथो हुने टोलीले समान २५-२५ बजार प्राप्त गर्नेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.