सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पोखरामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु


  •    /१४ भाद्र २०७६, शनिबार १९:४८ 
  • कास्की । पोखरामा आजदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु भएको छ । नव आदर्श सामुदायिक विकास समाज पोखरा–१९ लामाचौरको आयोजनामा सञ्चालन भइरहेको तीज महोत्सवको प्रमुख आकर्षणको रूपमा रहेको प्रतियोगिताको राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले उद्घाटन गर्नुभयो ।

    प्रतियोगिताअन्तर्गत आजको खेलमा गण्डकी प्रदेश र यु–डाइमण्ड काठमाडौँ एकेडेमी विजयी भएका छन् । गण्डकी प्रदेशले पारामाउण्ट इङ्लिस बोर्डिङ स्कूल काठमाडौँलाई २५–१४, २५–११, २५–१५ को सोझो सेटमा पराजित गरेको थियो । त्यसैगरी यु–डाइमण्डले चितवन टाइगर्स क्लबलाई २५–१४, २५–२०, २५–१४ को सोझो सेटमा पराजित गरेको थियो । प्रतियोगितामा छ टिमको सहभागिता रहेको छ ।

    सो अवसरमा सदस्यसचिव सिलवालले प्रतियोगितालाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्नेमा जोड दिँदै छात्रा भलिबलमा अब अन्तर्राष्ट्रियस्तरकै प्रतियोगिता हुनुपर्दछ भन्नुभयो ।

    यही भदौ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेता टोलीलाई एक लाख १५५, उपविजेतालाई रु ६५ हजार पाँच तथा तृतीयलाई रु २५ हजार पाँच, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने महोत्सवका प्रचार–प्रसार संयोजक बुद्धिबहादुर खत्रीले जानकारी दिनुभयो ।

    महोत्सवमा आज सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय सितेरियो कराँते प्रतियोगितामा गोर्खा जिल्ला प्रथम भएको छ । प्रतियोगितामा गोर्खाले छ स्वर्ण, एक रजत र तीन कास्य पदकसहित प्रथम भएको कास्की जिल्ला सितेरियो कराँते सङ्घका सुरेन्द्र गुरुङले जानकारी दिनुभयो ।

    दुई स्वर्ण, तीन रजत र पाँच कास्य पदकका साथमा कास्की दोस्रो र तीन स्वर्ण, एक रजत र पाँच कास्य पदकको साथमा तनहुँ तेस्रो भएका छन् । प्रतियोगितामा १० जिल्लाका १२० खेलाडी सहभागी भएका थिए । विजेता खेलाडीलाई सदस्यसचिव सिलवालले पुरस्कार वितरण गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनबाट बाघ पर्सा पठाइयो
    मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
    स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम
    • विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिँदै
    • ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    • न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    • साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.