सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बंगलादेशमा फेरिमा आगो लाग्दा कम्तीमा ३६ जनाको मृत्यु


  •    न्युजभित्तो/९ पुष २०७८, शुक्रबार १२:१७ 
  • ढाका,९ पुस । बंगलादेश शुक्रबार बिहान एउटा फेरिमा आगो लाग्दा कम्तीमा ३६ जनाको मृत्यु भएको छ।

    समाचार संस्था एएफपीका अनुसार राजधानी ढाकाबाट २५० किलोमिटर दक्षिणमा पर्ने झालोकाथी सहर नजिकै सुगन्धा नदीमा स्थानीय समयअनुसार बिहान तीन बजे उक्त आगलागी भएको हो।

    तीन तले फेरिमा झन्डै पाँच सय मानिस सवार थिए। तीमध्ये धेरैजसो ढाकाबाट आफ्नो गाउँ फर्किँदै थिए।

    फेरिको इन्जिनबाट आगलागी सुरू भएको बताइएको छ। फेरिमा आगो लागेपछि केही यात्रुले ज्यान जोगाउन नदीमा हाम फालेका थिए।

    बंगलादेशको प्रहरीले अहिलेसम्म ३६ जनाको शव निकालेको र मृतकको संख्या अझै बढ्न सक्ने बताएको छ। आगोले जलेका झन्डै १०० जनालाई उपचारका लागि अस्पताल लगिएको छ। केही मानिसहरू अझै हराइरहेका छन्।

    बंगालको खाडीमा मिसिने धेरै नदीहरू बंगलादेश भएर जान्छन्। धेरै नदीहरू भएकाले बंगलादेशमा फेरि यातायातको प्रमुख माध्यम हो। सुरक्षा मापदण्डको पालनामा कडाइ नहुँदा दुर्घटना हुने गरेका छन्।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.