सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ला लिगामा इल्चेमाथि बार्सिलोनाको जित


  •    न्युजभित्तो/४ पुष २०७८, आईतवार १०:४१ 
  • काठमाडौँ, ४ पुस  । स्पेनिस ला लिगामा बार्सिलोनाले इल्चेमाथि ३–२ गोलअन्तरको जित हासिल गरेको छ ।

    नोउक्याम्पमा शनिबार राति भएको खेलमा बार्सिलोनाको जितमा फेरान जुट्ग्ला, पाब्लो गाभिरा र निको गोन्जालेजले गोल गरे ।

    इल्चेका टेटे मोरेन्टे र पेरे मिल्लाले गोल गरेपनि हार टार्न सकेन ।

    पछिल्लो पाँच खेलमा बार्सिलोनाको यो पहिलो जित हो । त्यसक्रमा बार्सिलोनाले समान दुई बराबरी र दुई हारको नतिजा निकालेको थियो ।

    खेलको १६औं मिनेटमा औसमाने डेम्वेलेको पासमा फेरान जुट्ग्लाले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए ।पाब्लो गाभिराले खेलको १९औं मिनेटमा अर्को गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।
    दोस्रो हाफमा इल्चेले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै खेललाई २–२ गोलको बराबरी बनायो ।

    खेल सकिन ५ मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका निको गोन्जालेजले गोल गर्दै बार्सिलोनालाई जित दिलाए । उनले पाब्लो गाभिराको पासमा गोल गरेका थिए ।

    जितपछि बार्सिलोना १७ खेलबाट २७ अंकसहित सातौं स्थानमा छ ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.