सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नगर कप फुटबल प्रतियोगिता यही मङ्सिर २८ बाट


  •    न्युजभित्तो/२३ मंसिर २०७८, बिहीबार १३:५० 
  • पाँचथर, २३ मङ्सिर । पाँचथरको फिदिम नगरपालिका–७ रानीटारमा यो वर्ष यही मङ्सिर २८ गतेबाट नगर कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

    स्वतन्त्र क्लब रानीटारले आयोजना गरेको प्रतियोगिता आगामी पुस ३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रत्येक वर्ष आयोजना हुने सो प्रतियोगितामा छिमेकी मुलुक भारतको एकसहित आठ वटा टोलीले प्रतिस्पर्धा गर्ने स्वतन्त्र क्लब रानीटारले जनाएको छ । प्रतियोगिता फिदिम–७ स्थित बराजु खेलमैदानमा सञ्चालन हुनेछ ।

    प्रतियोगिताको यो तेस्रो संस्करण हो । यसवर्षको प्रतियोगितामा भारतको पाण्डा स्पोर्टिङ क्लब सिक्किमसहित चर्च ब्वाइज क्लब काठमाडौं, कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ, योङ ब्वाइज फुटबल क्लब इलाम, अलइनवान सैनिक क्लब झापा, रेड स्टार फुटबल क्लब विर्तामोडले सहभागिता जनाउने निश्चित भएको क्लबका अध्यक्ष बलबहादुर गुरुङले जानकारी दिनुभयो ।

    प्रतियोगिताको बिजेता समूहले रु. एक लाख ५० हजार पुरस्कारसहित ट्रफी र मेडल प्राप्त गर्नेछ । यस्तै उपबिजेता समूहले रु. ८० हजार पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरलाई नगद पुरस्कारले पुरस्कृत गर्नेेछन् भने प्रत्येक खेलमा उत्कृष्ट खेलाडी घोषणा गरी पुरस्कृत गरिने आयोजक क्लबले जनाएको छ ।

    आगामी पुस १ र २ गते भने दुई÷दुई वटा खेल सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल पुस ३ गते हुनेछ । उक्त प्रतियोगिताको सहआयोजकमा रानीटार युनाइटेड क्लब र प्रवद्र्धकमा फिदिम नगरपालिका रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.