सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अचम्म ! रक्सीको बोतलभित्र ५० बर्ष पुरानो पत्र, पत्र लेख्ने भेटिदा आँशु झारे


  •    /२ भाद्र २०७६, सोमबार २२:३६ 
  • वासिङ्टन, (रासस/एएफपी) । एक व्यक्तिले दाउरा खोज्ने क्रममा अमेरिकी राज्य अलास्कामा भेटेको रक्सीको बोतलभित्र ५० बर्ष पहिले रूसी डुङ्गाचालकले लेखेको पत्र भेटिएको छ ।

    रूसी भाषामा लेखिएको पत्रको उल्था गर्न कठिन भएपछि बोतलसहित पत्र भेटेका अलास्काका टाइलर आइभनोफले पत्रलाई अनुवाद गरिदिन भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए। पत्र रुसी पानी जहाजमा चालकदलको सदस्य रहेका रुसी समुद्री सैनिकले लेखेका थाहा भएको छ ।

    आफूले रक्सीको बोतलमा कागजको टुक्राजस्तो बस्तु देखेपछि बोतलको बिर्को खोल्दा पुरानो रक्सीको गन्ध आएको र पत्र सुक्खा रहेको आइभनोफले बताउनुभयो ।

    ५० बर्ष पहिले रूसी भाषामा लेखिएको पत्रमा अज्ञात व्यक्तिलाई सङ्केत गर्दै ‘यात्रा शुखमय रहोेस्’ लेखेर समुद्रमा छाडिएको विश्वास गरिएको छ । अचम्मको कुरा के छ भने उक्त पत्र लेख्ने रूसी नागरिक अहिले ८६ बर्ष पुगेका र जीवितै रहेको पाइएको छ ।

    “हार्दिक नमस्कार ! रूसी ‘फार इस्ट फ्लिट भीआरएक्सएफ सुलाक’ बाट,” पत्रमा लेखिएको छ । “हामी तपाईँको राम्रो स्वास्थ्य र लामो आयुको कामना गर्दर्छौँ । २० जुन १९६९ ।”

    पत्र अमेरिकी सामाजिक सञ्जालमा आएपछि रुसी पत्रिका नोम नजेटले यससम्बन्धी समाचार छापेको थियो । पत्रसम्बन्धी समाचार रूसमा भाइरल बनेपछि रुसी टेलीभिजन रोसिया १ का खोजी पत्रकारले पूर्व सोभियत सैनिक पत्रका लेखक क्याप्टेन एनातोली बोत्सानेन्कोको क्रिमियास्थित घरमा पुगेर पत्रबारे सोध्दा आफुले उक्त पत्र लेखेको पुष्टि गरेका छन् ।

    अहिले ८६ वर्षका एनातोलीलाई पत्रका बारेमा बताउँदा क्याप्टेन बोत्सानेन्कोले आँसु झारेका थिए। उनले रुसी टेलिभिजन रोसिया वानसँग भने, “हो, यो मेरो लेखाइ हो ।” पत्र कुनै अमुक व्यक्तिलाई लेखिएको नभै अपरिचित अर्थात् जसले प्राप्त गर्छ उसका लागि गरिएको सम्बोधन भएको उनले बताएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खोरसोरमा गोविन्देको त्रास
    प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
    विद्युत् आपूर्तिलाई प्रभावकारी बनाउने ऊर्जामन्त्रीको प्रतिबद्धता
    • अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
    • दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन
    • चितवनबाट बाघ पर्सा पठाइयो
    • मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.