सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कृष्णाले उदित नारायणलाई देखेपछि भने, ‘तपाईंले मामा (गोविन्दा) को याद दिलाउनुभयो, असाध्यै राम्रो लाग्यो’


  •    न्युजभित्तो/५ आश्विन २०७८, मंगलवार ११:२४ 
  • काठमाडौँ,  ५ असोज ।भारतीय हास्य कलाकार कृष्णा अभिषेकले ‘द कपिल शर्मा सो’ मा आफ्ना मामा गोविन्दालाई याद गरे । वास्तवमा आइतबारको संस्करणमा उदित नारायण पाहुना बनेर पुगेका थिए । उदितलाई देखेपछि कृष्णालाई आफ्ना मामा गोविन्दाको याद आएको रहेछ । उनले भने, ‘तपाईंलाई देखेपछि मामाको याद आयो, निकै राम्रो लाग्यो ।’

    स्मरण रहोस्, कृष्णा र गोविन्दा आजकाल आफ्नो विवादका कारण चर्चामा छन् । द कपिल शर्मा सोको पछिल्लो भागमा जब गोविन्दा आफ्नी श्रीमती सुनिता आहुजासँग पाहुना बनेर पुगेका थिए त्यतिबेला कृष्णाले उक्त भागमा आफ्नो प्रस्तुति दिन अस्वीकार गरे । त्यसपछि गोविन्दाकी श्रीमती सुनिताले एक अन्तरवार्तामा कृष्णाको मुख नै हेर्न नचाहेको बताएकी थिइन् ।

    उनले भनेकी थिइन्, ‘कृष्णा अभिषेकले त्यो भागमा प्रस्तुति नदिनका लागि मेरो परिवारबारे जे जति कुरा गरे, त्यसले मलाई कति दुःखी बनाएको छ भनेर म तपाईंलाई भन्न सक्दिनँ ।’

    कृष्णाले आफूले कुनै बखेडा निम्त्याउन नचाहेको भन्दै उक्त कार्यक्रममा प्रस्तुति दिन नलागेको बताएका थिए ।

    अघिल्लो वर्षको नोभेम्बरमा गोविन्दाले एउटा वक्तव्य जारी गर्दै आफ्नो मत राखेका थिए र आफ्नो घरभित्रको कुरा सार्वजनिक नगर्ने बताएका थिए । गोविन्दा आफ्नो कुरामा अडिग रहे ।

    यता सुनिताले भनिन्, ‘म एक पटक पुनः के दोहोर्याउन चाहन्छु भने हामी आपसमा दूरी कायम गर्न चाहन्छौँ । तर कुरा अब कतिसम्म बढिसकेको छ भने मलाई लाग्छ यो विषयमा कुरा गर्नु नै पर्छ । म आफ्नो जीवनमा कहिल्यै पनि कृष्णाको अनुहार हेर्न चाहन्नँ ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.