सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लियोनल मेस्सीलाई अन्तर्राष्ट्रिय फूटबल खेल्न तीन महिना प्रतिबन्ध


  •    /१८ श्रावण २०७६, शनिबार ११:४८ 
  • प्रसिद्ध अर्जेन्टिनी खेलाडी लियोनेल मेस्सीलाई तीन महिनासम्म अन्तर्राष्ट्रिय फूटबल खेल्न प्रतिबन्ध लगाइएको छ।

    अर्जेन्टिनाको फूटबल टोलीका कप्तान मेस्सीले हालै सम्पन्न कोपा अमेरिका फूटबल प्रतियोगिता भ्रष्ट रहेको टिप्पणी गरेका कारण उनीमाथि प्रतिबन्ध लगाइएको हो।

    अर्जेन्टिना र चिलीबीच तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धाका क्रममा रातो कार्ड देखाइएपछि उनले मैदान छोड्नु परेको थियो।

    बार्सिलोनाबाट खेल्दै आएका ३२ वर्षीय मेस्सीले त्यसपछि प्रतियोगिताको ‘कप ब्राजिलका लागि पहिले नै सुरक्षित गरिएको’ टिप्पणी गरेका थिए।

    प्रतिबन्धसँगै उनलाई दक्षिण अमेरिकी फूटबल सङ्घले ५० हजार अमेरिकी डलर जरिबाना समेत गरेको छ। उक्त निर्णयविरुद्ध अपिल गर्न मेस्सीसँग एक हप्ताको समय छ। प्रतिबन्धका कारण आगामी सेप्टेम्बर र अक्टोबरमा चिली, मेक्सिको र जर्मनीसँग हुने मैत्रीपूर्ण खेलमा सहभागी हुनबाट उनी वञ्चित हुनेछन्।

    सन् २०२२ को विश्वकप फूटबल प्रतियोगिताको छनौट खेल अर्जेन्टिनाले सन् २०२० को मार्च महिनाबाट शुरू गर्दैछ।

    कोपा अमेरिका प्रतियोगिताको सेमिफाइनलमा ब्राजीलसँग २–० को अन्तरले पराजित भएपछि अर्जेन्टिनाको फूटबल सङ्घले उक्त खेलमा ‘रेफ्रिले गम्भीर त्रुटि गरेको’ गुनासो गरेको थियो।

    दक्षिण अमेरिकी फूटबल सङ्घले भने आफ्नो निष्‍ठामाथि लगाइएको आरोप निराधार रहेको टिप्पणी गरेको थियो। चिलीका ग्यारी मेडलसँग मेस्सी भिडेपछि खेलको ३७ औ मिनेटमा दुवै जनालाई रातो कार्ड देखाइएको थियो।

    ‘हामी यो भ्रष्टाचारको हिस्सा बन्न जरुरी छैन’, मेस्सीले भनेका थिए। ‘उनीहरूले हामीमाथि सम्मानको कमी प्रतियोगिताभर देखाउँदै आएका छन्। भ्रष्टाचार र रेफ्रिहरूले दर्शकलाई खेलको आनन्द लिन दिँदैनन्।’  बीबीसी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.