सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चीनले २९ हजार फुटबल मैदान बनाउने


  •    /७ श्रावण २०७६, मंगलवार १६:३० 
  • बेइजिङ, (रासस/सिन्ह्वा) । चीनले आगामी सन् २०२० भित्र देशभर २९ हजार फुटबल मैदान बनाउने योजना सार्वजनिक गरेको छ ।

    चिनियाँ शिक्षा मन्त्रालयका एक जना वरिष्ट अधिकारी वाङ डेङफेङले चीनमा अझै पनि फुटबल मैदानको संख्या सानो रहेकाले त्यसलाई विस्तार गर्न लागिएको बताउनुभयो ।

    गत वर्ष सेप्टेम्बरसम्ममा देशभर करिब एक लाख २० हजार फुटबल मैदान थिए । उहाँले भन्नुभयो – सबै आकारका फुटबल मैदान गणना गर्दा प्रत्येक स्कुलमा ६०० विद्यार्थीका लागि १ प्रतिशत मात्र मैदान उपलब्ध हुन्थ्यो ।

    सन् २०१५ देखि २०१८ सम्म मुलुकभरका स्कुलमा करिब ३२ हजार फुटबल मैदान निर्माण र स्तरोन्नति गरिएको पनि वाङले बताउनुभयो ।

    सन् २०१५ मा चिनियाँ फुटबल संघका साथै शिक्षा, खेलकुद र अर्थ प्रशासनबीच निर्माण भएको संयुक्त कार्यदलले देशका फुटबल मैदानको स्तरोन्नति गर्ने र नयाँ फुटबल मैदान बनाउने निर्णय गरेको थियो ।

    चीनमा फुटबल निकै रुचाइएको खेल हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
    • सुनचाँदीको मूल्य बढ्यो
    • विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड
    • नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै
    • विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.