सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तरकारी बारीमा थाक्राको डोरी काटेर दुःख दिने को होला ?


  •    /६ श्रावण २०७६, सोमबार ११:३३ 
  • चितवन । भरतपुर महानगरपालिका–२५, शुक्रनगरमा स्थानीय छविलाल न्यौपानेको अगुवाईमा उनको आफ्नै बारीमा शुरु गरिएको विषादीरहित तरकारी खेतिमा गएको शनिबार राती अज्ञात व्यक्तिले बोडीलाई लगाइएको थाँक्राको डोरी काटेर क्षति पुर्याएका छन् ।

    करिब ८ कठ्ठा जमिनमा विषादीरहित तरकारी उत्पादन गर्ने उद्देश्यले लगाइएको बोडीमा थाँक्रा दिने क्रममा शनिबार बेलुकासम्म करिब ३ कठ्ठामा थाँक्रामा डोरी लगाइएको थियो । ५ गते विहान बाँकी अरु थाँक्रा र डोरी लगाउन जाँदा अघिल्लो दिनका सबै थाँक्रामा बाँधिएका सबै डोरी टुक्राटुक्रा पारि काटिएका न्यौपानेले बताउनुभयो ।

    तरकारी बारीमा क्षति पु¥याउने ती व्यक्तिहरु नजिककै हुन सक्ने र उनीहरुको खोजी भइरहेको न्यौपानेको भनाई छ । भरतपुर महानगरपालिका वडा नम्वर २४ र २५ लाई विशेष तरकारी क्षेत्र (तरकारी जोन) घोषणा गरी स्थानीय तहले आफ्नै वार्षिक कार्यक्रममा समेटेर तथा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनासँग समन्वय गरी व्यावसायिक कृषकहरुलाई अभिप्रेरित गर्ने तथा सहयोग गर्ने विशेष कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । त्यसै क्रममा भरतपुर महानगरपालिका–२५ मा धम्पुस सामुदायिक कृषि सहकारी संस्थाको ऋण सहयोगमा विषादी रहित तरकारी खेती शुरु गरिएको न्यौपानेले जानकारी दिएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गायत्री मन्दिर संरक्षणका लागि नदी नियन्त्रण योजना निर्माण
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निजामती अस्पतालको सेवा सुरु हुने
    ‘निर्वाचनले लोकतान्त्रिक प्रणालीमा जनविश्वास थपेको छ’
    • दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप
    • थाइल्याण्डका ३०० भिक्षुद्वारा लुम्बिनी–रामग्राम शान्ति पदयात्रा
    • यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै
    • प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.