तरकारी बारीमा थाक्राको डोरी काटेर दुःख दिने को होला ?
/६ श्रावण २०७६, सोमबार ११:३३
चितवन । भरतपुर महानगरपालिका–२५, शुक्रनगरमा स्थानीय छविलाल न्यौपानेको अगुवाईमा उनको आफ्नै बारीमा शुरु गरिएको विषादीरहित तरकारी खेतिमा गएको शनिबार राती अज्ञात व्यक्तिले बोडीलाई लगाइएको थाँक्राको डोरी काटेर क्षति पुर्याएका छन् ।
करिब ८ कठ्ठा जमिनमा विषादीरहित तरकारी उत्पादन गर्ने उद्देश्यले लगाइएको बोडीमा थाँक्रा दिने क्रममा शनिबार बेलुकासम्म करिब ३ कठ्ठामा थाँक्रामा डोरी लगाइएको थियो । ५ गते विहान बाँकी अरु थाँक्रा र डोरी लगाउन जाँदा अघिल्लो दिनका सबै थाँक्रामा बाँधिएका सबै डोरी टुक्राटुक्रा पारि काटिएका न्यौपानेले बताउनुभयो ।
तरकारी बारीमा क्षति पु¥याउने ती व्यक्तिहरु नजिककै हुन सक्ने र उनीहरुको खोजी भइरहेको न्यौपानेको भनाई छ । भरतपुर महानगरपालिका वडा नम्वर २४ र २५ लाई विशेष तरकारी क्षेत्र (तरकारी जोन) घोषणा गरी स्थानीय तहले आफ्नै वार्षिक कार्यक्रममा समेटेर तथा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनासँग समन्वय गरी व्यावसायिक कृषकहरुलाई अभिप्रेरित गर्ने तथा सहयोग गर्ने विशेष कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । त्यसै क्रममा भरतपुर महानगरपालिका–२५ मा धम्पुस सामुदायिक कृषि सहकारी संस्थाको ऋण सहयोगमा विषादी रहित तरकारी खेती शुरु गरिएको न्यौपानेले जानकारी दिएका छन् ।