सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आयाक्सका डी लीट आठ करोड ४२ लाख डलरमा युभेन्टसमा अनुबन्धित


  •    /२ श्रावण २०७६, बिहीबार १६:१३ 
  • रोम, (रासस/एएफपी) । नेदरल्यान्ड्सका डिफेन्डर म्याथिस डी लीट इटालीको च्याम्पियन युभेन्टस फुटबल क्लबमा अनुबन्धित भएका छन् । क्लबका अनुसार आठ करोड ४२ लाख डलरमा उनी आयाक्सबाट युभेन्टसमा स्थानान्तरित हुन राजी भएका हुन् । उन्नाइस वर्षीय यी प्रतिभाशाली डच खेलाडीको करार अवधि पाँच वर्षको रहेको छ ।

    युभेन्टसले जारी गरेको विज्ञप्तिमा डी लीटले करार रकमका अतिरिक्त थप एक करोड ५ लाख युरो पनि पाउने उल्लेख छ । डी लीटको सम्झौता रकम युभेन्टसको इतिहासमा तेस्रो सर्वाधिक बढी रकम हो । सन् २०१८ मा क्लबले क्रिस्टियानो रोनाल्डोका लागि १० करोड ५० लाख युरो भुक्तानीमा सम्झौता गरेको थियो भने सन् २०१६ मा गोन्जालो हिगुइनका लागि नौ करोड युरो भुक्तानी गर्न सहमति जनाएको थियो ।

    डी लीटले आयाक्सका लागि ११७ खेल खेलेर १३ गोल गरेका छन् । यस सिजनको च्याम्पियन्स लिगको क्वाटर फाइनलमा आयाक्ससँग युभेन्टस पराजित हुँदा डी लीटले नै गोल गरेका थिए ।

    डी लीटले नेदरल्यान्ड्सका लागि राष्ट्रिय टोलीबाट १७ खेल खेलिसकेका छन् । उनी आयाक्सको कप्तान समेत भइसकेका छन् । युभेन्टसका विश्वप्रसिद्ध खेलाडी रोनाल्डोले डी लीटलाई युभेन्टसमा अनुबन्धित हुन अनुरोध गरेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.