सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

फ्लोरिडाको भवनमा च्यापिएकामध्ये १२ जनाको मृत्यु, १४९ अझै बेपत्ता


  •    न्युजभित्तो/१६ असार २०७८, बुधबार १६:२० 
  • फ्लोरिडा, १६ असार । संयुक्तराज्य अमेरिकाको फ्लोरिडामा भत्किएको एउटा भवनमा मृत्यु हुनेको संख्या १२ जना पुगेको छ ।

    मियामी–डेड काउन्टीका मेयर डानिएला लिभाइन काभाका अनुसार भवनको भग्नावशेषमा पुरिएर अझै १४९ जना बेपत्ता छन् र उनीहरुको खोजी कार्य जारी रहेको छ । मेयर काभाले पछिल्लो पटक मङ्गलबार साँझ दिनु भएको वक्तव्यमा बेपत्ता हुनेको संख्या अझै यकिनका साथ बताउन कठिन भइरहेको जानकारी दिनुभयो ।

    उद्धारकर्ताहरुले थप मानिसको खोजीका लागि दिनरात खोजी कार्य जारी राखेका छन् तर वर्षा र भग्नावशेषका कारण खोजी कार्यमा कठिन भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सर्फसाइडमा भएको उक्त दुर्घटना स्थलको बिहीबार निरीक्षण गर्नहुने भएको छ । गत बिहीबार मियामी समुद्र किनारामा रहेको एउटा ठूलो भवन एक्कासी भत्किएको थियो ।

    भवन भत्किनुको कारण अझै स्पष्ट भइसकेको छैन । तर, सन् २०१८ मा दिइएको प्रतिवेदनले भवनको संरचनामा कमजोरी रहेको देखाएको छ । (रासस–एएनआई)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला
    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
    • नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत
    • चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार
    • खोरसोरमा गोविन्देको त्रास
    • प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.